close

कनेक्ट आईपीएसबाट निःशूल्क रकम ट्रान्सफर गर्न सकिने

टेकपाना टेकपाना

चैत ५, २०७६ १९:१३

कनेक्ट आईपीएसबाट निःशूल्क रकम ट्रान्सफर गर्न सकिने

काठमाडौं । कनेक्ट आईपीएसमार्फत निःशूल्क रुपमा रकम ट्रान्सफर गर्न सकिने भएको छ । नेपाल क्लियरिङ हाउसले (एनसीएचएल) सञ्चालनमा ल्याएको मोबाइल एप तथा वेबसाइटबाट कनेक्ट आईपीएसका प्रयोगकर्ताबीच निःशूल्क रुपमा रकम ट्रान्सफर गर्न सकिने भएको हो ।

कनेक्ट आईपीएसको एप ( एन्ड्रोइड तथा आईओएस ) र वेबसाइटमार्फत आफ्नो बैंक खाताहरु लिङ्क गरी तथा खाता रहेको बैंकको मोबाइल बैंकिङ बाट तत्काल रकम ट्रान्सफर गर्न सकिने एनसीएचएलले जनाएको छ । मोबाइल नम्बरका आधारमा गरिने रकम ट्रान्सफर भने सिमित अवधिका लागि मात्रै निःशूल्क हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१