close

टेलिकमको मोबाइलबाटै यसरी लिनुहोस् कोरोना भाइरसको जानकारी

टेकपाना टेकपाना

चैत ६, २०७६ १४:२७

टेलिकमको मोबाइलबाटै यसरी लिनुहोस् कोरोना भाइरसको जानकारी

नेपाल टेलिकमले ‘एनटी सूचनाको संसार’ सेवामार्फत कोरोना भाइरस (कोभिड–१९) बारे जानकारीमूलक सूचना दिन सुरु गरेको छ । कम्पनीले कोरोना भाइर सम्बन्धि उपयोगी सामग्री आफ्नो मोबाइलमार्फत ३२१०० नम्बर डायल गरी निःशूल्क सुन्न सकिने व्यवस्था गरेको हो ।

उक्त नम्बरमा कल गरे पश्चात् कोरोना भाइरस (कोभिड–१९) के हो ? यसका लक्षणहरु, पैmलने कारण, उपचार विधि, संक्रमणबाट बच्न अपनाउनु पर्ने उपायहरु र अपनाउनु पर्ने सावधानी बारे विश्व स्वास्थ्य संगठनले जारी गरेका सूचकहरुका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । साथै यस सम्बन्धी थप जानकारी लिनका लागि नेपाल सरकारका हटलाइन नम्बरहरु समेत यही नम्बरबाट थाहा पाउन सकिनेछ ।

नेपाल टेलिकमले गत असार महिना देखि नै ‘एनटी सूचनाको संसार’ सेवा कम्पनीका मोबाइल ग्राहकलाई उपलब्ध गराउँदै आएको छ । कल–ईन सिष्टमको रुपमा रहेको यो सेवामा नेपाल टेलिकमको मोबाइलमार्फत कल गरेर ध्वनी निर्देशन पालना गरी नेपाली भाषामा कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपत् सम्बन्धी विभिन्न जानकारी निःशूल्क रुपमा प्राप्त गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१