close

कोरोनाका कारण फोन पेले स्थगीत गर्‍यो ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजना

टेकपाना टेकपाना

चैत ६, २०७६ १५:५५

कोरोनाका कारण फोन पेले स्थगीत गर्‍यो ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजना

काठमाडौं । फोन पेले सञ्चालनमा ल्याएको ‘पैसा लिने र तिर्ने दुबई उड्ने’ योजना कोरोना भाइरसका कारण स्थगीत भएको छ । ११ हप्ताको कार्यक्रम सम्पन्न गरि हाललाई उक्त योजना स्थागित गरिएको कम्पनीले जनाएको छ ।

गएकाे पुष १७ गतेबाट सुरू भएको यस उपहार योजनामा हालसम्म चार जनाले दुबई ट्रिप, २२ जनाले २५ हजार रूपैयाँ बराबरको स्मार्ट फोन, दैनिक उपहार योजना अन्तरगत तीन सय ८५ जना ग्राहकले शतप्रतिशत क्यासब्याक पाएका छन् ।

त्यस्तै तीन सय ८५ जना मर्चेन्टले आकर्षक उपहार प्राप्त गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विश्वव्यापी महामारी निम्त्याएको कोरोना भाइरस (कोभिड १९) का कारण नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड नगर्न गरेकोे निर्देशन अनुसार अर्को सूचना जारी नभएसम्मका लागी तत्काल स्थगित गरिएको हो ।

यसका साथै दुबई भ्रमण ट्रिप जित्ने विजेतालाई समेत यो अवस्था नियन्त्रणमा आएपछि मात्र भ्रमण गराइने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१