close

आईटी पढेकाहरु पनि अब बैंकको सीईओ

टेकपाना टेकपाना

चैत ६, २०७६ १९:२१

आईटी पढेकाहरु पनि अब बैंकको सीईओ

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक र सीईओहरुको योग्यतामा केही परिवर्तन गरेको छ । यो सँगै अब आईटी र कम्युटर विज्ञानमा स्नातकोत्तर अध्ययन पूरा गरेका व्यक्तिपनि बैंकको सञ्चालक र सीईओ बन्न सक्ने भएका छन् ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको ‘बैंक वा वीत्तिय संस्स्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धी विनियमावली, २०७४’ लाई संशोधन गर्दै सूचना प्रविधि र कम्युटर विज्ञानमा स्नातकोत्तर अध्ययन पूरा गरेको व्यक्ति पनि सञ्चालक र सीइओ बन्न पाउने व्यवस्था गरेको हो ।

यसअघि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, कानुनमा स्नातकोत्तर अध्ययन पूरा गरेकाले मात्रै बैंकको सञ्चालक र सीईओ बन्न पाउने व्यवस्था थियो । अब त्यसमा राष्ट्र बैंकले सूचना प्रविधि वा कम्युटर विज्ञान र जनप्रशासन विधालाई थप गरेको छ ।

पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएका ह्याकिङ लगाएतका विभिन्न प्रविधिको चुनौति बढ्दै गएपछि यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६