close

अनलाइनबाटै सेवाको महशुल भुक्तानी गर्न टेलिकमको आग्रह

टेकपाना टेकपाना

चैत ६, २०७६ १९:४५

अनलाइनबाटै सेवाको महशुल भुक्तानी गर्न टेलिकमको आग्रह

काठडमाडौं । हाल नोबेल कोरोना भाइरस महामारीको रुपमा विश्वभर फैलिइरहेको छ । विश्व स्वास्थ्य संगठनले नेपाल पनि उक्त भाइरस संक्रमणको उच्च जोखिममा रहेको भनी प्रक्षेपण गरिरहेको छ । त्यसैले पनि यसबाट नेपाल टेलिकमले आफ्नो सेवाको दस्तुर अनलाइनबाटै तिर्न आग्रह गरेको छ ।

टेलिकमले भाइरसबाट हुनसक्ने सम्भावित संक्रमण तथा बच्ने उपायहरुका बारेमा जनचेतना फैलाउन जीएसएम मोबाइल नम्बरमा कल गर्दा बज्ने रिङ व्याक टोनलाई परिवर्तन गरेको छ ।

जसमा जुनसुकै नम्बरबाट नेपाल टेलिकमको जीएसएम मोबाइल नम्बरमा कल गर्दा ग्राहकले कल नउठाउँदासम्म कल गर्ने व्यक्तिले कोरोना भाइरसबाट हुने संक्रमणका लक्षण, भाइरसबाट बच्ने उपाय आदि जानकारी निःशुल्क रुपमा सुन्न सक्नेछन् ।

त्यतिमात्रै नभएर टेलिकमले आफ्ना सेवाहरुको महशुल भुक्तानी तथा रिचार्जका लागि यथासम्भव विद्युतीय माध्यमको प्रयोग गर्न प्रयोगकर्तालाई आग्रह गरेको छ ।

‘कम्पनीका सेवाहरुको महशुल भुक्तानी गर्नका लागि टेलिकमका ग्राहक सेवा केन्द्रहरु खुल्ला रहने भए तापनि वैकल्पिक उपायहरु उपयोग गरी घरमै बसी सहज रुपमा महशुल भुक्तानी गर्नुहोस,’ टेलिकले विज्ञप्तीमा लेखेको छ, ‘भुक्तानीका वैकल्पिक उपायहरु निम्न रहेका छन्ः रिचार्ज कार्ड, इलेक्ट्रोनिक भुक्तानी (एमपोस), कम्पनीको वेबसाइट तथा मोबाइल एप्लिकेसन, ई–बैंकिङ, ई–कमर्स तथा मोबाइल बंैकिङ र कुनैपनि बंैकको भिसा तथा मास्टर कार्ड प्रयोग गरी कम्पनीको वेबसाइटबाट रिचार्ज गर्न सकिने छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६