close

आईटीमा अनुसन्धान गर्न छुट्टै निकाय गठन गर्दै सरकार

टेकपाना टेकपाना

चैत ७, २०७६ १०:१४

आईटीमा अनुसन्धान गर्न छुट्टै निकाय गठन गर्दै सरकार

काठमाडौं । नेपालमा सूचना प्रविधि क्षेत्रको वास्तविक अवस्था पहिचान गर्दै यस क्षेत्रमा थप अनुसन्धान गर्न सरकारले ‘राष्ट्रिय आईसीटी अनुसन्धान केन्द्र’ सञ्चालनको प्रक्रिया अगाडि बढाएको छ । नेपालले सूचना प्रविधिको प्रयोगमार्फत ल्याउन सक्ने परिवर्तन पहिचान गर्दै त्यसलाई सहयोगी वातावरण निर्माण गर्न यस्तो केन्द्र सञ्चालन गरिने भएको हो ।

केन्द्र सञ्चालनको उद्देश्यसहित सरकारले यसको सम्भाव्यता अध्ययन अगाडि बढाएको छ । सम्भाव्यता अध्ययनका लागि प्रतिस्पर्धाका आधारमा काठमाडौ शंखमुलस्थित महारुद्र ग्रुपलाई छनोट गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उक्त कम्पनीले पेश गरेको आर्थिक तथा प्राविधिक प्रस्ताव चैत १४ गते सम्बन्धित सबैको रोहवरमा खोलिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६