close

अब ईसेवाबाट बैंक खातामा निःशूल्क रकम ट्रान्सफर

टेकपाना टेकपाना

चैत ७, २०७६ १२:२०

अब ईसेवाबाट बैंक खातामा निःशूल्क रकम ट्रान्सफर

काठमाडौं । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार भुक्तानी सेवाप्रदायक ईसेवाबाट कुनै पनि बैंकमा निःशूल्क रुपमा रकम पठाउन सकिने भएको छ । ईसेवाले बिहीबार रातीदेखि अप्रिल ३० सम्म लागु हुनेगरी बैंकमा रकम ट्रान्सफर गर्दा लाग्ने शूल्क छूट दिएको हो ।

ईसेवामार्फत ईसेवा खातामै (पि टु पी ट्रान्सफर) गर्दा यस अघि नै निःशूल्क रहेको सेवा अब बैंक ट्रान्सफरमा पनि लागु भएको हो । ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बैंकहरुसँगको सहकार्यमा बैंक ट्रान्सफरलाई निःशूल्क बनाइएको बताए । उनले भने, ‘यसले ग्राहकलाई थप सहज बनाउनुका साथै सेवा सर्वसुलभ समेत हुने अपेक्षा गरेका छौँ ।’

ईसेवाले आफ्ना ग्राहकका लागि अन्य सहुलियतका कार्यक्रम समेत ल्याउने जनाएको छ । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनीको रुपमा रहेको ईसेवामार्फत मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खाने पानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल तथा कलेजको शूल्कलगायतका दुई हजारभन्दा बढी सेवाहरूको भुक्तानी गर्न सकिन्छ ।

ईसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था आवद्ध रहेका छन् । ती बैंकबाट ईसेवामा सहजै रकम जम्मा गर्न तथा ईसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६