close

इन्टरनेट खपत कम गर्न नेटफ्लिक्सले घटायो भिडियो क्वालिटी

टेकपाना टेकपाना

चैत ७, २०७६ १३:४४

इन्टरनेट खपत कम गर्न नेटफ्लिक्सले घटायो भिडियो क्वालिटी

एजेन्सी । कोरोना भाइरसका कारण सेल्फ आईसोलेसनमा घरमै बस्नेको संख्या बढेसँगै नेटफ्लिक्सले ३० दिनकोलागि युरोपमा भिडियोे क्वालिटी घटाएको छ । घरमै बस्दा धेरै इन्टरनेट डाटा खपत हुने भएकोले त्यसलाई कम गर्न कम्पनीले यस्तो निर्णय लिएको हो ।

युरोपियन आयुक्तको निर्देशपछि नेटफ्लिक्सले यो निर्णय लिएको जनाइएको छ । उनले यो समयमा इन्टरनेटको खपत धेरै हुने भएकाले त्यसलाई कम गर्न एचडी भिडियोको ठाउँमा स्ट्यान्डर्ड भिडियो हेर्ने सुझाव दिएका थिए ।

स्ट्याण्डर्ड भिडियो हेर्दा एक घण्टामा एक जीबी डेटा खपत हुन्छ भने एचडी भिडियो हेर्दा ३ जीबी डेटा खपत हुन्छ । त्यसैका आधारमा नेटफ्लिक्सले पनि आफ्नो स्ट्रिमिङ सेवाको क्वालीटिलाई घटाउने निर्णय लिएको उल्लेख गरिएको छ ।

नेटफ्लिक्सका कतिपय कार्यक्रम अल्ट्रा एचडीमा समेत रेहका छन् । नेटफ्लिक्सले भिडियोको क्वालिटी कम गर्दा इन्टरनेट डाटा खपत २५ प्रशितले कम हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६