close

अर्को बैंकको एटीएम बुथ प्रयोग र विद्युतीय भुक्तानीमा शूल्क नलाग्ने

टेकपाना टेकपाना

चैत ७, २०७६ १४:५३

अर्को बैंकको एटीएम बुथ प्रयोग र विद्युतीय भुक्तानीमा शूल्क नलाग्ने

काठमाडौं ।

एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएम बुथमा प्रयोग गर्दा अतिरिक्त शूल्क नलाग्ने भएको छ । इन्टरनेट तथा मोबाइल जस्ता विद्युतीय माध्यमबाट गरिने सम्पूर्ण कारोबारमा समेत शूल्क लाग्ने छैन ।

कोरोना भाइरस (कोभिड १९) को प्रकोप फैलिएपछि नोटबाट हुने संक्रमणलाई रोक्न कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले त्यस्तो सुविधा प्रदान गर्न सम्पूर्ण बैकिङ संस्थालाई सर्कुलर गरेको छ ।

नेपाल क्लियरिङ हाउसले प्रदान गर्दै आएको कनेक्ट आईपीएस सेवा अब नि:शुल्क पाइने भएको छ । कोरोनाको संक्रमणलाई रोक्न डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस्तो सुविधा ल्याएको कम्पनीले जनाएको छ ।

अतिरिक्त शूल्क नलाग्ने सुविधा अर्को सूचना जारी नभएसम्मका लागि लागु हुने नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था संघले संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६