close

उही मूल्यमा दोब्बर डाटा दिने जियोको घोषणा

टेकपाना टेकपाना

चैत ७, २०७६ १६:३२

उही मूल्यमा दोब्बर डाटा दिने जियोको घोषणा

एजेन्सी :
भारतीय टेलिकम कम्पनी रिलायन्स जियोले प्रयोगकर्तालाई सहुलियत दिन उही मूल्यमा डबल डाटा दिने घोषणा गरेको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारत सरकारले एक दिने कर्फ्यू जारी गरेको र धेरै कार्यालयले घरबाटै काम गर्न कर्मचारीलाई प्रोत्साहित गरेपछि डाटामा सहुलियत दिन कम्पनीले यस्तो घोषणा गरेको हो ।
कम्पनीका अनुसार ११, २१, ५१ र १०१ रुपैयाँ भारु तिरेर जियोको डाटा लिनेलाई अहिले दिइरहेको भन्दा दोब्बर डाटा उपलब्ध गराइनेछ ।
यो सुविधा अन्तर्गत जियोले ११ रुपैयाँको फोरजी डाटा भौचरमा ८ सय एमबीको हाई स्पिड डेटा साथै ७५ मिनटसम्म जियोभन्दा बाहिरको नेटवर्कमा कल सुविधा पनि दिएको छ ।
यस्तै, २१ रुपैयाँको डेटा भौचरमा कम्पनीले २ जीबीको हाईस्पिड फोरजी डाटासँगै २ सय मिनेट कलको सुविधा दिने भएको छ ।
५१ रुपैयाँको फोरजी डाटा भौचरमा ६ जीबीको हाई स्पिड फोरजी डाटा र ५ सय मिनेट कलको सुविधा दिने घोषणा कम्पनीले गरेको छ ।
यस्तै, १०१ रुपैयाँको भौचरमा भने १२ जीबीको हाई स्पिड फोरजी डाटा र एक हजार मिनेट भ्वाइस कलको सुविधा हुनेछ ।
नेपालका दुई ठूला टेलिकम सेवा प्रदायकले पनि प्रयोगकर्तालाई कोरोना भाइरस (कोभिड २०१९) बारे सचेतना फैलाउन कलर रिङ व्याक टोन (सीआरबीटी) मार्फत संक्रमणबाट बच्ने उपायबारे सन्देश प्रवाह सुरु गरेका छन् ।
बुधबार बिहानदेखि नेपाल टेलिकम र एनसेलका उपभोक्ताले फोन डायल गर्दा फोन नउठून्जेल कोरोना संक्रमणबाट बच्ने उपायबारे जानकारीमूलक सन्देश सुन्न सक्छन् ।
नेपाल टेलिकमले भने कोरोनाबारे जानकारी दिने उद्देश्यले छुट्टै नम्बर उपलब्ध गराएको छ । टेलिकमका ग्राहकले ३२१०० नम्बर डायल गरी ध्वनी निर्देशन पछ्याएर कोरोनाबारे विविध जानकारी प्राप्त गर्न सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६