close

सस्तोमा कल र एसएमएस गर्न सकिने एनसेलको नयाँ नाइट प्याक

टेकपाना टेकपाना

चैत ७, २०७६ १९:२२

सस्तोमा कल र एसएमएस गर्न सकिने एनसेलको नयाँ नाइट प्याक

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना सबै प्रिपेड ग्राहकहरुका लागि सस्तोमा भ्वाइस तथा एसएमएस प्रयोग गर्न मिल्ने अफर सार्वजनिक गरेको छ । कम्पनीले १० रुपैयाँमा भ्वाइस र एसएमएस बन्डलिङ गरी आकर्षक ‘नाइट कल र एसएमएस प्याक’ ल्याएको हो ।

यो प्याक सुचारु गर्ने एनसेल प्रयोगकर्ताले ४८० मिनेट टक टाइम र ४८० वटा एसएमएस पाउने छन् । बिहीबारदेखि ९० दिनका लागि लागु हुने यो प्याक एनसेल नेटवर्कमा राति १० देखि बिहान ६ बजे सम्मको समयमा प्रयोग गर्न सकिनेछ । प्याकको समयावधि २४ घण्टाको हुने कम्पनीले जनाएको छ ।

एनसेलका सेवाग्राहीले *17118*3*2# डायलगरेर वा *17118# डायलगरी त्यसमा आउने तेस्रो विकल्प छानेर यो प्याक सुचारु गर्न सक्नेछन् । साथै अंग्रजीमा NU टाइपगरी 17118 मा एसएमएस पठाएर समेत यो प्याक लिन सकिनेछ ।

आफ्नो आवश्यकता अनुसार एनसेलका ग्राहकले यो प्याक जति पटक पनि खरिद गर्न सक्नेछन् । एनसेलका अनुसार प्याक अन्तर्गत उपलब्ध हुने टक टाइम र एसएमएस खपत गरिसकेपछि भने विद्यमान दर नै लागु हुनेछ ।

एनसेलले गत पुष १६ देखि भ्वाइस प्याकको खरिदमा निःशुल्क नाइट एसएमएस पनि दिदै आएको छ । यो योजना अन्तर्गत एनसेलका ग्राहकले भ्वाइस प्याकको टक टाइम भोल्युम बराबरको अन नेट नाइट एसएमएस पाउँदै आएका छन् ।

यस योजना अन्तर्गत यदि ग्राहहले १२ मिनेट टक टाइम रहेको भ्वाइस प्याक सुचारु गरेको खण्डमा बोनसमा १२ वटा एसएमएस पाउँछन् । त्यसैगरी यदि ४२५ मिनेट टक टाइम रहेको मासिक भ्वाइस प्याकको खरिदमा ४२५ वटा एसएमएस बोनस एसएमएस पाउँछन् ।

यसको मतलब जति मिनेटको टक टाइम हो, त्यति नै बोनस एसएमएस ग्राहकले पाउँछन् । यसरी एनसेलले १२ देखि ७२० मिनेटसम्म टक टाइम रहेका विभिन्न ११ भ्वाइस प्याकहरु उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६