close

गूगलको डूडल हेर्दै सिक्नुहोस् हात धुने सही तरिका

टेकपाना टेकपाना

चैत ८, २०७६ ११:३०

गूगलको डूडल हेर्दै सिक्नुहोस् हात धुने सही तरिका

काठमाडौं । गूगलले कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथामको रुपमा आफ्नो डूडलमै सचेतनामूलक सामग्री समावेश गरेको छ । कम्पनीले डूडलमा राखेको भिडयो सामग्रीमा कोभिड-१९ संक्रमणबाट बच्न सही तरिकाले हात धुन सिकाइएको छ ।

आफ्नो होमपेजमा रहेको लोगो अस्थायी रुपमा परिवर्तन गर्दै विदा, उत्सव, उपलब्धि, ऐतिहासिक परिघटना आदिलाई मनाउँदै आएको गूगलले यस पटक भने विश्व महामारी विरुद्ध सचेतना फैलाइरहेको छ । डूडलमा राखिएको ५० सेकेण्ड लामो भिडियोमा हात धुने तरिकालाई ६ चरणमा देखाइएको छ ।

गूगल सर्च बारमा गएर डूडलमा देखिने प्ले बटन दबाउँदा भिडियो बज्न सुरु हुन्छ । गूगलको डूडलमा राखिएको भिडयो यहाँ तल समेत हेर्न सक्नुहुनेछ । बिहीबार राखिएको यो भिडियो समाचार तयार पार्दासम्म ३ करोड २१ लाखभन्दा बढीले हेरिसकेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६