close

छक्का पञ्जा ३ अब डिशहोममा

टेकपाना टेकपाना

चैत ८, २०७६ १४:२९

छक्का पञ्जा ३ अब डिशहोममा

काठमाडौं । डिजिटल टेलिभिजन प्रशारक डिशहोमले लोकप्रिय नेपाली चलचित्र छक्का पञ्जा ३ को प्रशारण सुरु गरेको छ । डिसहोमको सिनेमाघर च्यानल नम्बर १०८ मा यो सिनेमा हेर्न सकिनेछ ।

विगत तिन वर्षदेखी सिनेमाघर च्यानल संचालन गर्दै आएको डिशहोमले केही समय अगाडि सिनेमाघर ८८८ पनि संचालनमा ल्याएको छ । यी दुबै च्यानलमा नयाँ र लोकप्रिय नेपाली सिनेमा हेर्न सकिन्छ ।

सिनेमाघरमा सिनेमाहलको पहँुच नभएका दुरदराजका डिशहोमका ग्राहकहरुले छानी छानी नयाँनयाँ नेपाली सिनेमा सजिलै हेर्न पाउँछन् । ९८०११९०९९० मा फोन गरेर प्राप्त निर्देशन अनुसार सिनेमाघरमा प्रदर्शन भईरहेको चलचित्र सजिलै खुलाउन सकिन्छ ।

साथै डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर, एसएमएस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शूल्कमा सिनेमाघर खुलाउन सकिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६