close

सीमा नाकामा हुने गतिविधि निगरानी गर्न सेनाको आफ्नै एप

टेकपाना टेकपाना

चैत ९, २०७६ ११:५६

सीमा नाकामा हुने गतिविधि निगरानी गर्न सेनाको आफ्नै एप

काठमाडौं । नेपाली सेनाले सीमा नाकामा हुने गतिविधि निगरानी गर्न मोबाइल एप तयार पार्ने भएको छ । सेनाले नेपाल–भारतका ४१ सीमानाकामा हुने आवतजावत लगायतका गतिविधिको निगरानी तथा तथ्याङ्क गर्न एप बनाउने भएको हो ।

हाल सेनाले सीमा नाकाबाट नेपाल भित्रिनेहरुको स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मी खटाएको छ । करिब २ हजार ३ सय स्वास्थ्यकर्मी खटाएको सेनालाई सरकारले कोभिड–१९ रोकथामका लागि आवश्यक सामग्री खरीद र पूर्वतयारीका लागि भन्दै १० करोड रुपैयाँ दिएको छ ।

नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्ति कहाँ कहाँ गइरहेका छन् भन्नेसम्मको सूचना राख्ने र त्यसलाई केन्द्रबाट पनि अनुगमन गर्न सक्ने व्यवस्था मिलाइएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । उनले भने, ‘एपले दैनिक डाटा ट्रेस गर्छ र गूगल डक्समार्फत हेर्न सकिन्छ ।’ उक्त एप केही दिनमै तयार हुने सेनाले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६