close

यस्ता छन्, टेलिकमका अनलिमिटेड डेटा प्याक

टेकपाना टेकपाना

चैत ९, २०७६ १५:३४

यस्ता छन्, टेलिकमका अनलिमिटेड डेटा प्याक

काठमाडौं । डेटा प्याक सकिएर चिन्तित हुनुहुन्छ ? अब चिन्ता लिनु पर्दैन । नेपाल टेलिकमले उपलब्ध गराइरहेका वान आवर अनलिमिटेड प्याक, अनलिमिटेड नाइट डाटा प्याक लगायत अफर मार्फत सस्तोमा मोबाइल इन्टरनेट प्रयोग गर्न सकिन्छ ।

वान आवर अनलिमिटेड प्याकमा एक घण्टासम्म डाटा चलाउन, भ्वाइस कल गर्न वा एसएमएस पठाउन सकिन्छ । जम्मा २० रुपैयाँमै उपलब्ध यो प्याकबाट एक घण्टासम्म जति पनि डाटा चलाउन तथा कुराकानी गर्न पाइने छ ।

यसका लागि *1415*8# डायल गरेर आफूले प्रयोग गर्न चाहेको भ्वाइस, एसएमएस वा डाटाका लागि क्रमशः १, २ र ३ डायल गर्न सकिन्छ । त्यसैगरी यो प्याक लिनका लागि FDPACK लेखेर १४१५ मा एसएमएस गर्न पनि सकिन्छ ।

‘अनलिमिटेड नाइट डेटा प्याक’ अन्तर्गत १८ रुपैयाँमा रातभरका लागि अनलिमिटेड डाटा पाउन सकिन्छ । यो प्याकको डेटा राती ११ बजेदेखि बिहान ६ बजेसम्म चलाउन मिल्छ ।

त्यसैगरी ९० रुपैयाँमा ७ दिनसम्म राती ११ बजेदेखि बिहान ६ बजेसम्म लगातार जति पनि डाटा प्रयोग गर्न सकिन्छ । रातको समयमा डाटा चलाउनुपर्ने व्यक्तिहरुका लागि यो प्याक निकै उपयोगी हुनसक्छ ।

एक रातका निम्ति ‘अनलिमिटेड नाइट डाटा प्याक’ लिनका लागि *1415*3# र ७ रातका लागि लिन *1415*3#2 डायल गर्नुपर्ने हुन्छ । त्यसैगरी एक दिनको प्याकका लागि NUNL र ७ दिनका लागि भए UNL7 टाइप गरी १४१५ मा एसएमएस पठाउन सकिन्छ ।

नेपाल टेलिकमको वेबसाइटमा प्राप्त हुने विभिन्न प्याकेजमध्ये आफूलाई उपयोगी हुने डाटा प्याक छनौट गरेर पनि सस्तोमा मोबाइल इन्टरनेट (थ्रीजी तथा फोरजी) प्रयोग गर्न सकिन्छ । कम्पनीको एपबाट पनि यी प्याक खरिद गरी प्रयोग गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६