close

कोरोनाको कारण राष्ट्र बैंकले बढायो विद्युतीय भुक्तानीको सीमा

टेकपाना टेकपाना

चैत ९, २०७६ १६:५९

कोरोनाको कारण राष्ट्र बैंकले बढायो विद्युतीय भुक्तानीको सीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा बढाएको छ । कोरोनाका कारण बिद्युतीय कारोबार बढ्दै गएपछि राष्ट्र बैंकले आइतबार त्यसको सीमा बढाएको हो ।

यो सँगै अब मोबाइल बैंकिङ (क्यूआर कोड सहित) मार्फत दैनिक १ लाख रुपैयाँसम्मको कारोबार गर्न सकिने भएको छ, भने मासिक १० लाख सम्म कारोबार गर्न मिल्नेछ । इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट) का लागि प्रतिदिन १० लाख रुपैयाँ र महिनामा ३० लाख रुपैयाँसम्मको नयाँ सीमा निर्धारण गरिएको छ । इन्टरनेट बैंकिङ (अकाउन्ट ट्रान्सफर) मा दैनिक १० लाख रुपैयाँ र मासिक ५० लाख रुपैयाँसम्मको कारोबार गर्न सकिने भएको छ ।

त्यस्तै वालेट मार्फत गरिने कारोबारमा एजेन्ट वा सब–एजेन्टबाट वालेटमा प्रतिदिन २५ हजार रुपैयाँ र महिनामा १ लाख रुपैयाँसम्मको कारोबार गर्न सकिने भएको छ । बैंक खाताबाट वालेटमा एक पटकमा २५ हजार, दैनिक १ लाख र मासिक ५ लाख रुपैयाँको नयाँ सीमा तोकिएको छ ।

त्यस्तै वालेटबाट अन्य बैंक खातामा एक पटकमा २५ हजार, एकदिनमा १ लाख र महिनामा ५ लाख रुपैयाँ ट्रान्सफर गर्न सकिने छ । एक वालेटबाट अर्को वालेटमा एक पटकमा २५ हजार रुपैयाँ, दैनिक १ लाख रुपैयाँ र मासिक ५ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६