close

‘सोसल डिस्टेन्स’मा उपयोगी उत्कृष्ट ७ भिडियो एप

टेकपाना टेकपाना

चैत १०, २०७६ १२:३७

‘सोसल डिस्टेन्स’मा उपयोगी उत्कृष्ट ७ भिडियो एप

काठमाडौं । विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड-१९) का कारण ‘वर्क फ्रम होम’ अर्थात घरबाटै काम गर्ने परिपाटीको विकास भएको छ । नेपालमा पनि धेरै जसो कम्पनीहरुले यस्तो अभ्यास अपनाइरहेका छन् ।

सूचना प्रविधिकै क्षेत्रमा काम गर्ने कम्पनी खल्ती, ईं–सेवा, वर्ल्डलिंक लगायतका नेपाली सञ्चार तथा सूचना प्रविधि कम्पनीले यस्तो परिपाटी अपनाएका छन् । अवश्य पनि घरबाट काम गर्दा एक अर्कासँग सहकार्यको आवश्यकता पर्छ ।

त्यस्तोमा अन्य साथीसँग जोडिने र उनीहरुले गरेको कामको निगरानी गर्ने माध्यम भनेको भिडियो कन्फ्रेन्स नै हो । अथवा भिडियो च्याट ।

यस्तोमा सहज र निःशूल्क प्रयोग गर्न सकिने उपयुक्त भिडियो एप कुन–कुन हुनसक्छन् त ? त्यसको बारेमा हामी यहाँ जानकारी दिँदै छौं । उपशिर्षकमा क्लिक गरी आफूलाई उपयुक्त एप डाउनलोड गर्न सक्नुहुनेछ ।

फेसटाइम : साथीहरुलाई कल गर्न उत्कृष्ट

यदि तपाईं एप्पलका उत्पादन प्रयोग गर्नुहुन्छ भने फेसटाइम एउटा उत्कृष्ट विकल्प हो । यो आईफोन, आईप्याड र म्याकबुकलाई लक्षित गरेर बनाइएको छ ।

यसबाट तपाईंले आफ्नो साथी अनलाइन भएको खण्डमा सोझै कल गर्न सक्नु हुन्छ । यसमा तपाईंले एकै पटक ३२ जनासँग भिडियो च्याट गर्न सक्नु हुनेछ ।

ह्वाट्सएप : मोबाइलमा प्रयोग गर्न सबैभन्दा उत्कृष्ट

सामाजिक सञ्जाल फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएप भिडियो च्याटको लागि एक उत्कृष्ट एप हो । यो सुरक्षित हुनका साथै मोबाइलमैत्री पनि रहेको छ ।

विश्वभर यसका प्रयोगकर्ता दुई अर्ब भन्दा बढी छन् । जुन आईओएस र एन्ड्रोइड दुबैमा सजिलै चल्छ । यसको भिडियो र अडियो क्वालिटी पनि उत्कृष्ट रहेको छ ।

स्काइप : ग्रुप च्याटका लागि उत्कृष्ट

माइक्रोसफ्टको स्काइप पनि भिडियो च्याटका लागि उत्कृष्ट एप हो । जुन आईओएस र एन्ड्रोइड दुबैमा सपोर्ट गर्छ । प्रयोगका लागि सहज रहेको यसमा एकैपटक ५० जनासम्मलाई अडियो कल गर्न सकिन्छ ।

भिडियो कल भने तपाईंले कुन डिभाइस प्रयोग गरिरहनु भएको छ, त्यसमा भर पर्छ । यदि तपाईं मोबाइल प्रयोग गर्नुहुन्छ भने स्क्रिन सानो हुने हुँदा थोरै हुन्छ भने कम्प्युटर प्रयोग गर्नुहुन्छ भने धेरैसँग भिडियो च्याट गर्न सक्नु हुनेछ ।

मार्कोपोलो : भिडियो म्यासेज पठाउन उत्कृष्ट

यदि तपाईं कसैसँग रियल टाइममै भिडियो च्याट गर्न चाहनुहुन्छ, तर त्यो व्यक्ति अनलाइन छैन भने त्यस्तो समयमा तपाईंले सन्देश पठाउनु पर्ने हुन्छ । त्यसको उचित विकल्प मार्कोपोलो हुनसक्छ ।

यसबाट तपाईंले आफ्ना साथी तथा आफन्तलाई भिडियो म्यासेज पठाउन सक्नुहुनेछ । यसबाट एक पटकमा कुनै एक व्यक्तिलाई अथवा समूहमा सबैलाई एकसाथ सन्देश पठाउन सक्नु हुनेछ ।

फेसबुक म्यासेन्जर : फेसबुकको लत लागेकाहरुको लागि

फेसबुकको लत लागेको छ र फेसबुक नचलाई बस्न सक्नु हुन्न भने तपाईंको लागि फेसबुक म्यासेञ्जर एक विकल्प हुनसक्छ । यसमार्फत तपाईंले अडियो तथा भिडियो दुबै माध्यको प्रयोग गर्न सक्नु हुनेछन् ।

जूम : बिजनेश प्रयोजनको लागि उत्कृष्ट

जूम भिडियो कन्फ्रेन्समार्फत तपाईंले बिजनेश मिटिङ गर्न सक्नुहुनेछ । यो मोबाइल, ल्यापटप, डेक्सटप जुनसुकै डिभाइसमा पनि प्रयोग गर्न सकिन्छ ।

यसमा एक पटकमा १०० जनासँग कुरा गर्न सकिन्छ । यसमा समयको सीमा भने तोकिएको छ । जसअनुसार निःशूल्क रुपमा एक पटकमा ४० मिनेटसम्म मात्रै कुरा गर्न सकिन्छ ।

तर, यदि तपाईंले यसको शःशूल्क भर्सन खरीद गर्नु भएको खण्डमा एकै पटकम तपाईंले असिमित व्यक्ति र समयसम्म कुरा गर्न पाउनु हुनेछ ।

यसमा एउटाले बोल्दै गर्दा अर्कोले आफ्नो साइडको साउण्डलाई बन्द गरेर अरुले बोलको मात्रै सुन्न सकिन्छ । आफ्नोे बोल्ने पालोमा साउण्ड अन गरी बोल्न सकिन्छ ।

गूगल ह्याङ आउटस् मीटः गूगल तथा जी स्वीट प्रयोगकर्ताको लागि उत्कृष्ट

गुगल ह्याङ आउटस् मीट गूगलको जी स्वीट प्लेटफर्ममा आधारित छ । जसले प्रयोगकर्तालाई ल्यापटप अथवा मोबाइलमा एप डाउनलोड गरी भिडियो च्याट गर्ने सुविधा दिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६