close

अब घरमै बसेर सिक्नका लागि युट्युवमा छुट्टै शैक्षिक सामग्री

टेकपाना टेकपाना

चैत १०, २०७६ १०:५४

अब घरमै बसेर सिक्नका लागि युट्युवमा छुट्टै शैक्षिक सामग्री

काठमाडौं । युट्युवले सिकाइका लागि विभिन्न श्रोत सामग्री दिन सुरु गरेको छ । कोरोनाभाइरस (कोभिड-१९) को महामारीबाट बच्न सेल्फ घरमै बसिरहेका आफ्ना प्रयोगकर्ताका लागि यस्तो व्यवस्था गरेको हो । 

लर्न एट होम

लर्निङ एट होम नामक छुट्टै साइट सार्वजनिक गर्दै युट्युवले यो परिवारमाझ बसेर सिक्नका लागि उपयोगी हुने उल्लेख गरेको छ । खान एकेडेमीदेखि सिस्मी स्ट्रिट तथा कोड डट ओआरजी जस्ता चर्चित लर्निङ च्यानलबाट युट्युवले लर्न एट होमका लागि सिकाई सामग्रीहरु जुटाएको छ । यसमा गणित, विज्ञान, इतिहास र मानविकीजस्ता विषयका सामाग्रीहरु रहेका छन् ।

यस्तै यो वेबसाइटमा १३ वर्ष मुनिका बालबालिकाका लागि पनि विशेष सेक्सन रहेको छ । यो सेक्सनमा बालबालिकाहरुले ज्ञानवर्द्धक तथा मनोरञ्जनात्मक सामग्री अफलाइनका लागि समेत पाउन सक्छन् । अंग्रजी भाषामा सार्वजनिक भएको यो साइट विस्तारै अन्य भाषामा पनि उपलब्ध हुने युट्युवले आफ्नो अफिसियल ब्लगमार्फत जानकारी दिएको छ । 

युट्युबको लर्निङ डेस्टिनेसन

कम्पनीले विधार्थीहरुका लागि हाई क्वालिटी लर्निङ कन्टेन्ट उपलब्ध गराउनका लागि युट्युव लर्निङ डेस्टिनेसन सार्वजनिक गरेको छ । डेस्टिनेसनले विद्यार्थीहरुका लागि अतिरिक्त शैक्षिक सामाग्री र टिप्सहरु उपलब्ध गराउँछ । 

यो नयाँ प्रोडक्ट पनि हाल अंग्रेजी भाषामा मात्र उपब्ध छ । युट्युव डट कम स्ल्यास लर्निङ वा युट्युब एपभित्रको ब्राण्ड न्यु एक्सप्लोर ट्याब भित्र यी प्रोडक्ट तपाईले पाउन सक्नुहुनछ । 

स्टडी विथ मि 

घरमा एक्लै बसेर अध्ययन गरिरहेका विद्यार्थीहरुका लागि आफ्नो ज्ञान, सिकाई र अनुभवलाई अनलाइनमार्फत सेयर गर्ने सुविधा उपलब्ध गराउन युट्युवले ह्यासट्याग स्टडी विथ मि मोमेन्ट पनि सुरु गरेको छ । 

युट्युव किड्स 

१३ वर्ष मुनिका बालबालिाकाहरुलाई लक्षित गर्दै युट्युवले युट्युव किड्स सार्वजनिक गरेको छ । यसमा बालबालिकाहरुका लागि डिजिटल प्लेटफर्ममा अध्ययनका लागि सुरक्षित वातावरण उपलब्ध हुनेछ । 

युट्युव किड्समा १३ वर्ष मुनिका बालबालिकाहरुले आफ्नो रुची र जिज्ञासा अनुसार खोज्न तथा बुझ्न सक्छन् । यो एपमा विभिन्न रुटिनअनुसारको सामग्रीहरु पनि छन्, जस्तै स्वस्थ बानी, घरभीत्रको मनोरञ्जन र सिकाई आदी । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६