close

टेलिकमको अनलिमिटेड भ्वाइस प्याक

टेकपाना टेकपाना

चैत १०, २०७६ १५:९

टेलिकमको अनलिमिटेड भ्वाइस प्याक

काठमाडौं । आफ्ना प्रियजनसँग मोबाइलमा दिल खोलेर कुरा गर्न मन छ । तर ब्यालेन्स सकिएर दिक्दार बन्नुभएको हुनसक्छ ।

फेरी अहिलेको कोरोना भाइरसको महामरीको समयमा त झन् अरु बेलाभन्दा धेरै कुरा गर्नुपर्ने हुनसक्छ । यस्तो अवस्थामा नेपाल टेलिकमले उपलब्ध गराइरहेका अनलिमिटेड भ्वाइस प्याक प्रयोग गरी आफ्नो मोबाइल खर्च कम गर्न सक्नुहुन्छ ।

अनलिमिटेड डे भ्वाइस प्याक अन्तर्गत १५ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म जतिपनि कल गर्न सकिन्छ । *1415*9*2# डायल गरी यो भ्वाइस प्याक खरिद गर्न सक्नुहुन्छ।

त्यस्तै DVUNL टाइप गरी १४१५ मा एसएमएस पठाएर पनि यो प्याक लिन सकिन्छ । यो प्याक एक पटक लिए पछि २४ घण्टाभित्र उपयोग गरिसक्नुपर्ने हुन्छ ।

यसैगरी कम्पनीले अनलिमिटेड नाइट भ्वाइस प्याक पनि उपलब्ध गराइरहेको छ । जसअन्तर्गत १२ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म असिमित कुराकानी गर्न मिल्छ ।

रातभर कुराकानी गर्नुपर्ने ग्राहकका लागि यो प्याक निकै उपयोगी छ । यो प्याक लिनका लागि टेलिकमका मोबाइल प्रयोगकर्ताहरुले *1415*1*5*4# डायल गर्नुपर्ने हुन्छ । त्यसैगरी NVUNL टाइप गरेर १४१५ मा एसएमएस पठाएर पनि यो प्याक लिन सकिन्छ ।

मोबाइलमा *1415# डायल गरेर प्रयोगकर्ताले आफूलाई उपयुक्त हुने विभिन्न प्याकेजहरु रोजेर खरिद गर्न सक्छन् । टेलिकमको वेबसाइट तथा मोबाइल एपबाट पनि यी प्याकहरु खरिद गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६