close

सेवाको गुणस्तर कायम राख्न अमेरिकाले दियो प्रयोग नभएको फ्रिक्वेन्सी

टेकपाना टेकपाना

चैत १०, २०७६ १६:३५

सेवाको गुणस्तर कायम राख्न अमेरिकाले दियो प्रयोग नभएको फ्रिक्वेन्सी

एजेन्सी । अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी)ले हाल प्रयोगमा नभएको फ्रिक्वेन्सी भेरिजोनलाई दिएको छ । कोरोना भाइरसका कारण मोबाइल डाटाको प्रयोग अत्यधिक बढेसँगै आयोगले हाललाई गुणस्तरीय सेवा उपलब्ध गराउन प्रयोगमा नभएको फ्रिक्वेन्सी कम्पनीलाई दिएको हो ।

आयोगले भेरिजोनलाई ६० दिनसम्म उक्त फ्रिक्वेन्सी प्रयोग गर्ने अनुमति दिएको छ। भेरिजोनलाई एएसडब्लू ३ ब्याण्ड र एसएनआर वायरलेस लाइसेन्स समेत प्रदान गरिएको छ ।

जसले वायलेस नेटवर्कको क्षमता वृद्धि हुने विश्वास गरिएको छ । ‘वायरलेस सभिर्स कनेक्टिभिटीको प्रमुख माध्ययम हो’, एफसीसीका अध्यक्ष अजित पाईले भनेका छन्, ‘अझ अहिलेको महामारीको समयमा घरमा बसेर प्रयोगकर्ताले वायरलेस कनेक्टिभिटीको प्रयोग ठूलोमात्रामा गर्ने भएकाले पनि यस्तो निर्णय लिइएको हो ।’

नेपालमा पनि कोरोनाको त्रास बढेसँगै घरमा बसेर इन्टरनेट प्रयोग गर्नेको संख्या बढेको छ । सेवा प्रदायक कम्पनीले आवश्यकता अनुसारमात्रै इन्टरनेट प्रयोग गर्न आह्वान गरिरहेका छन् ।

यस्तोमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले पनि मोबाइल तथा इन्टरनेट सेवालाई चुस्त राख्ने विषयमा सोच्नुपर्ने बेला आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६