close

अनलाइनमै निःशूल्क नर्सरीदेखि १० कक्षासम्मको अध्ययन

टेकपाना टेकपाना

चैत १०, २०७६ १६:५३

अनलाइनमै निःशूल्क नर्सरीदेखि १० कक्षासम्मको अध्ययन

काठमाडौं । भुक्तानी सेवा प्रदायक ईसेवा र मिडास एजुकेशनको सहकार्यमा विद्यार्थीहरूलाई निःशूल्क रुपमा घरबाटै अध्ययन गर्न सकिने सेवा व्यवस्था मिलाइएको छ । कोरोना भाइरस (कोभिड–१९) को विश्व महामारीका कारण सम्पूर्ण स्कूलहरू बन्द रहेको अवस्थामा विद्यार्थीहरूले घरमै बसेर निःशूल्क रूपमा श्रव्य दृष्य मार्फत अध्ययन गर्न सक्ने व्यवस्था मिलाइएको हो ।

अध्ययनका लागि विद्यार्थीहरूले मिडास एजुकेशनको मोबाईल एप्स डाउनलोड गर्नुपर्ने छ । एप्लिकेशनमा रहेको अर्डर मा क्लिक गरेपछि मागिएको कोडमा ‘esewa’ राखेर आफूले चाहेको विषय अध्ययन गर्न पाइनेछ ।

यसमा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीले आफूले चाहेको विषय अध्ययन गर्न सक्नेछन् । मिडासले विगत एक दशकदेखि नर्सरी देखि १० कक्षासम्मका पाठ्यक्रममा आधारित श्रव्य दृष्य सामग्री मार्फत अध्यापन गराउँदै आएको छ ।

विद्यार्थीहरू स्कूल जान नपाइरहेको अवस्थामा घरमै बसेर मोबाइल मार्फत अध्ययन गर्न सकून् भन्ने उद्देश्यका साथ यो सेवा दिन थालिएको हो । ईसेवा नेपालको पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

मिडासको एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६