close

कोरोनाका कारण स्मार्टफोनको व्यापारमा अहिलेसम्मकै ठूलो गिरावट

टेकपाना टेकपाना

चैत ११, २०७६ ११:१३

कोरोनाका कारण स्मार्टफोनको व्यापारमा अहिलेसम्मकै ठूलो गिरावट

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) का कारण स्मार्टफोनको व्यापारमा आजसम्मकै ठूलो गिरावट देखिएको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण मोबाइल फ्याट्रीदेखि मोबाइल स्टोरसमेत बन्द हुँदा यति ठूलो असर देखिएको हो ।

सन् २०१९ को फेब्रुअरीमा ९ करोड ९२ लाख संख्यामा मोबाइल बिक्री भएकोमा सन् २०२० को फेब्रुअरीसम्म आइपुग्दा जम्मा मात्र ६ करोड १८ लाख मोबाइलको बिक्री भएको छ । यस हिसावले यो अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशत कम हो ।

अनुसन्धान संस्था स्ट्राटेजी एनालिटिक्सका अनुसार यति ठूलो गिरावटा इतिहासमै पहिलो पटक भएको हो । मोबाइलको उत्पादन कम हुनुका साथै मोबाइल स्टोर बन्द हुँदा यस्तो अवस्था देखिएको उसको विश्लेषण छ ।

यो अवस्था अझै केही समय लम्बिने देखिन्छ । चीनमा कोराना भाइरस नियन्त्रणमा आए पनि मार्च महिनामा समेत मोबाइलको व्यापार निरन्तर ओह्रालो लाग्ने अध्ययनले प्रक्षेपण गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६