close

कोरोनाले फूडमाण्डु पनि बन्द

टेकपाना टेकपाना

चैत ११, २०७६ १०:२१

कोरोनाले फूडमाण्डु पनि बन्द

काठमाडौं । अनलाइन अर्डरमा खाना तथा खाजाको डेलिभरी सेवा उपलब्ध गराउँदै आएको फूडमाण्डुले अस्थायी रुपमा आफ्नो सेवा बन्द गरेको छ । कोरोनाभाइरस (कोभिड-१९) का कारण सरकारले मंगलबारदेखि १८ गतेसम्म देशभरका लागि लकडाउनको घोषणा गरेसँगै फूडमाण्डुको सेवा पनि बन्द भएको हो।

स्थिति समान्य भएसँगै पुनः सेवा सुचारु गर्ने कम्पनीले जनाएको छ । फेसबुक पोस्टमार्फत उसले मंगलबारदेखि नै आफ्नो सेवा बन्द रहने जानकारी गराएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६