close

यसरी मोबाइलमै गर्न सकिन्छ कोरोनाभाइरसको परीक्षण

टेकपाना टेकपाना

चैत ११, २०७६ १४:६

यसरी मोबाइलमै गर्न सकिन्छ कोरोनाभाइरसको परीक्षण

काठमाडौं । अहिले कोरोना भाइरस कोभिड १९ को महामारी विश्वव्यापीरुपमा फैलिएको छ । भाइरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले मंगलबारदेखि १८ चैतसम्मका लागि मुलुक नै लकडाउन गरेको छ ।

यस्तो समयमा कतिपयमा कोरोना भाइरसको लक्षण वा आशंका पैदा हुन सक्छ । अस्पताल जाँदा झन भाइरस संक्रमणको जोखिम । त्यस्तै किसिमको समस्यामा सघाउन भारतको एपोलो अस्पतालले मोबाइलमै कोरोना परीक्षण गर्नसकिने गरी एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मा आधारित सुविधा दिन सुरु गरेको छ ।

एपोलो अस्पतालको उक्त सेवा प्रयोग गर्न यहाँ क्लिक गर्नुहोस् । लिङ्क खुलिसकेपछि तपाईंलाई तपाईंको उमेर, लिङ्ग, शरीरको तापक्रम, लक्षण (सुख्खा खोकी, हाछ्युँ, घाँटी दुख्ने, कमजोरी महसुस हुने) तथा अन्य लक्षण, यात्रा तथा अन्य व्यक्तिसँगको सम्पर्क, कुनै रोग लागे/नलागेको जस्ता विवरण सोधेअनुसार भर्दै जानुहोस् ।

सबै प्रश्नको विवरण भरिसकेपछि सिस्टमले तपाईंको अवस्थाको निश्कर्ष निकाल्छ । जसमा तपाईंको जोखिमको स्तर देखि अपनाउनुपर्ने सावधानी तथा उपायहरुको विषयमा तत्कालै सुझाउँछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६