close

स्वास्थ्यकर्मीका लागि रक्षात्मक कवच सिलाउने टेलर खोज्दै महाबिर पुन

टेकपाना टेकपाना

चैत ११, २०७६ १४:४०

स्वास्थ्यकर्मीका लागि रक्षात्मक कवच सिलाउने टेलर खोज्दै महाबिर पुन

काठमाडौं । सामाजिक अभियान्ता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाबिर पुनले स्वास्थ्यकर्मीका लागि आवश्यक रक्षा कवच (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट) सिलाउन टेलर खोजिरहेका छन् । कोरोना भाइरस (कोभिड-१९) को विश्व महामारीको समयमा विभिन्न अस्पतालहरुबाट आएको मागअनुसार पीपीई सिलाउने कारिगर आवश्यक परेको हो ।

यस किसिमको ड्रेस बिना कोरोना भाइरस संक्रमित बिरामीको उपचार गर्दा स्वास्थ्यकर्मीलाई समेत सर्ने जोखिम उच्च हुन्छ । पछिल्लो समय इटालीमा पीपीई अभावमा दर्जनौं डाक्टरहरुले कोरोना भाइरसको उपचारका क्रममा आफै संक्रमित भएपछि ज्यान गुमाउनु परेको छ ।

पुनले आफ्नो फेसबुक पोस्टमा काठमाडौंको टिचिङ अस्पताल र धरानको बीपी कोइराला अस्पतालबाट पीपीई बनाइदिन आविष्कार केन्द्रमा अनुरोध आएको उल्लेख गरेका छन् ।

पीपीईको डिजाइन आविष्कार केन्द्रमा बनिरहेको भन्दै उनले करीब ४०० वटा त्यस्ता ड्रेस बनाउन सकिने समान समेत भर्खरै उपलब्ध एको बताएका छन् । उनले फेसबुक पोस्टमा लेखेका छन्, ‘अब सिलाउने टेलर चाहियो । यदि तपाईहरु कसैले कपडा सिलाउने टेलरहरुलाई चिन्नु भएको छ र यो काममा सहयोग गर्न चाहनु हुन्छ भने तुरुन्त मलाई सम्पर्क गर्नु होस् ।’

टेलरको ज्याला समेत उपलब्ध गराइने स्पष्ट पार्दै पुनले आफ्नो मोबाइल नम्बर ९८४१५९२३६१ सम्पर्क गर्न आग्रह गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६