close

अब अमेजनको प्राइम भिडियो पनि निःशूल्क हेर्न पाइने

टेकपाना टेकपाना

चैत ११, २०७६ १५:३३

अब अमेजनको प्राइम भिडियो पनि निःशूल्क हेर्न पाइने

काठमाडौं । अमेजनले बालब‍ालिकाहरुका लागि आफ्नो प्राइम भिडियोमा परिवारमैत्री तथा प्रोग्रामिङहरु निःशूल्क रुपमा हेर्न मिल्ने बनाएको छ । कम्पनीले कोरोना भाइरस (कोभिड-१९) को विश्वमहामारीका कारण घरभीत्रै बसिरहेका बालबालिकाहरुका लागि आफ्नो सेवा निःशूल्क गरेको हो ।  

यस अघि अमेजनका ग्राहकहरुलाई मात्र उपलब्ध यी सामग्रीहरुमा स्टुडियो पार्टनरले बनाएका भिडियो, टेलिभिजन सिरिज, अमेजन ओरिजिनल किड र फ्यामिली शो, छानिएका थर्ड पार्टी पारिवारिक फिल्महरु राखिएको छन् । 

अमेरिकी भर्सनमा अमेजनले निःशूल्क उपलब्ध गराएका सामग्रीहरु

  • क्लिक, क्लाक
  • मुः क्रिस्टमस एसिक्स द फार्म
  • बिग डायरिज
  • कस्ट्युम क्वेस्ट
  • क्रिएटिभ ग्यालेक्सी
  • डेन्जर एण्ड एग
  • डेन्जरस बुक फर ब्वाइजगर्टिमर गिबोन्स लाइफ अन नर्मल स्ट्रिट
  • इफ यू गिभ अ माउस टु कुकी
  • जेस्सी एण्ड नेस्सी
  • जस्ट एड म्याजिक
  • जस्ट एड म्याजिकः मिस्ट्री सिटी
  • लिटिल बिग असम
  • लस्ट ईन ओज
  • निको एण्ड द स्वार्ड अफ लाइट
  • पेट द क्याट
  • सिग्मण्ड एण्ड द सि मोन्स्टर
  • द स्नोई डे
  • द स्टिंकी एण्ड डर्टी स्नो
  • द किस्क
  • टम्बल एण्ड विसनपुफ 

यस्तै इजाजतप्राप्त सामग्रीमा

  • आर्थर
  • बाली
  • किलाउ
  • डेनियल टाइगरर्स नाइबरुड
  • डिजाइज स्क्वाएड
  • डायनसोर ट्रेन
  • फेच विथ रफ रफम्यान
  • क्राफ्ट्स किएचर
  • मार्था स्पिक्स
  • न्याचर क्याट
  • अड क्वाड
  • पिप एण्ड द बिग वाइड वर्ल्ड
  • पेग प्लस क्याट
  • पोस्टकार्ड फ्रम बस्टर
  • रिडिङ रेन्बो
  • रेडी जेट गो
  • वाइल्ड क्राट्स
  • वर्डगर्ल
  • वर्ल्डवर्ल्ड
  • जोबोमाफो
  • रुग्राट्स अल ग्रोन अप
  • नाइट स्क्वाएड 

अमेजनले सार्वजनिक गरेको यी अधिकांश साम‍ग्रीहरु प्रि स्कूलदेखि कलिला स्कूले बालबालिकाहरु प्रति लक्षित छन् । तर यसमा भर्खरै रिलिज भएका मुभीहरु, जी रेटेड वा पीजी रेटेड बक्स अफिस मुभिहरु भने राखिएको छैन । 

अमेजन ओरिजिनल चिल्ड्रेन  एण्ड फेमिली टीभी सिरिज विश्वभर निःशूल्क उपलब्ध छ । तर इजाजतप्राप्त कन्टेन्ट भने देश अनुसार फरक फरक उपलब्ध रहेको अमेजनले बताएको छ । 

अमेजनले आफ्नो प्राइम सब्स्क्राइबरहरुका लागि मात्र टीभी र मुभीहरु निःशूल्क दिने गरेको छ । तर अबको नयाँ सामग्री पाउनका लागि तपाईंले अमेजन डट कममा अकाउन्ट मात्र कृयट गरे पुग्छ । 

अमेजनको नयाँ निःशूल्क प्रोग्रामहरु प्राइम भिडियो एपमा उपलब्ध छन् । यो एप निःशूल्क डाउनलोड गर्न सकिन्छ ।

यसलाई स्मार्ट टीभी, मोबाइल डिभाइस, फ्री ट‍ीभी, फायर टीभी स्टिक, फायर ट्याबलेट, एप्पल टीभी, गेम कन्सोल, क्रोमकास्ट वा वेबको प्राइम भिडियोबाट पनि डाउनलोड गर्न सकिन्छ । 

यससँगै अमेजनले कोभिड-१९ महामारीको समयमा सेल्फ क्वारेन्टाइनमा बसिरहेका परिवारहरुका लागि निःशूल्क कनटेन्ट दिने पहिलो स्ट्रिमर समेत बनेको छ । 

अमेजनले आगामी दिनमा थप सामग्री दिनका लागि कन्टेन्ट पार्टनरहरुसँग निरन्तर सहकार्य गर्दै जाने बताएको छ । 

गत हप्ता स्लिङ टीभीले फ्री स्ट्रिमिङ सार्वजनिक गरेको थियो । जसमा समाचार, मनोरञ्जन र किड्स टीभी रहेको थियो । यस्तै शुक्रबार हुलुले फ्री लाइभ टीभी न्युज आफ्नो अन डिमाण्ड सर्भिसमा थप गरेको थियो । 

एजेन्सीहरुको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६