close

एकै ठाउँमा हेर्नुहोस् कोरोना भाइरसमाथिका २४ हजार रिसर्च पेपर

टेकपाना टेकपाना

चैत ११, २०७६ १६:२८

एकै ठाउँमा हेर्नुहोस् कोरोना भाइरसमाथिका २४ हजार रिसर्च पेपर

एजेन्सी । कोरोनाभाइरस (कोभिड-१९) सम्बन्धि अनुसन्धान गरिरहेका विश्वभरका शोधकर्ताहरुले संयुक्तरुपमा कोभिड-१९ ओपन रिसर्च डेटासेट प्रकाशन गरेका छन् । उक्त रिसर्च डेटासेटमा २४ हजार जति रिसर्च पेपरहरु समावेश छन् । 

जसमा पियर रिभ्यू जर्नल अर्थात् विज्ञहरुले समीक्षा गरेका पेपरका साथै बायोरेक्सिभ तथा मेडरेक्सिभ (वेबसाइट, जहाँ पियर रिभ्युको रुपमा प्रकाशित हुनु अघि वैज्ञानिकहरुले आफ्ना सोधहरु पोष्ट गर्दछन् ) जस्ता स्रोतहरुबाट पनि रिसर्च पेपरहरु राखिएका छन् । 

उक्त अनुसन्धानमा सार्स कोभ-२ (कोरोनाभाइरसको वैज्ञानिक नाम), कोभिड-१९ (रोगको वैज्ञानिक नाम) र कोरोनाभाइरस समूहलाई समावेश गरिएको छ । 

हाल फैलिरहेको विश्व महामारीको सबैभन्दा ठूलो साइन्टिफिक लिट्रेचरको संकलन यसैलाई मानिएको छ । रिसर्च पेपरहरु सार्वजनिक हुने क्रम जारी रहेको अवस्थामा यसले रियल टाइम अपडेट पनि दिनेछ । 

यो सम्पूर्ण डेटाबेसहरु ह्वाइट हाउस अफिस अफ साइन्स एण्ड टेक्नोलोजी पोलीसी ओएसटीपीको आग्रहमा संकलन गरी एकसाथ प्रकाशन गरिएको हो । नेशनल इन्स्टिच्युट अफ हेल्थको नेशनल लाइब्रेरी अफ मेडिसिन एनएलएमलाई पनि उक्त वैज्ञानिक प्रकाशनमाथि पहुँच दिइएको छ । 

माइक्रोसफ्टले सान्दर्भिक लेखहरु फेला पार्न उसको लिट्रेचर क्युरेसन अल्गोरिदम प्रयोग गर्दै आएको छ । गैरनाफामूलक अनुसन्धान संस्था एलेन इन्स्टिच्यूट फर आर्टिफिसियल इन्टेलिजेन्स  एट्वेल्भले ती वेब पेज र पीडीएफलाई संरचनागत फर्म्याटमा परिवर्तन गर्छ। जसलाइ एल्गोरिदमले प्रोसेस गर्न सकिन्छ । यो डेटाबेस अहिले एट्वेल्भको सेम्यान्टिक स्कलर वेबसाइटमा उपलब्ध छ । 

कोरोना भाइरस सम्बन्धि सम्पूर्ण लेख तथा कभरेजहरु निःशूल्क पढ्न सकिन्छ । साथै कोरोनाभाइरसका लागि नियमित न्युजलेटरमा पनि साइनअप गर्न सकिन्छ ।

सेम्यान्टिक स्कलर सर्भिसले वैज्ञानिक समुदायलाइ ती प्राज्ञिक सामग्रीहरुमा अध्ययन गर्न खुल्ला गरिदिएको छ । 

एट्वेल्भले ती नयाँ अनुसन्धान दस्तावेजहरुलाई प्रोसेस गरिसकेको छ । यसका लागि उसले अहिलेका सबैजसो नयाँ अनुसन्धानमा प्रयोग हुने इन्फर्मेसन एक्ट्र्याक्ट र एनालिसिस टेक्निक प्रयोग गरेको छ । 

यो डेटाबेसले हाल उपलब्ध अनुसन्धान पेपरहरुलाई एक ठाउँमा ल्याएको मात्र छैन, रिसर्च लिट्रेचरलाई नेचुरल ल्यांग्वेज प्रोसेसिङको माध्यमबाट नयाँ खोजहरु निकाल्न पनि मद्दत गरेको छ  ।

उनीहरुले स्टेट अफ द आर्ट नेचुरल ल्यांग्वेज मोडलहरु ईएलएमओ र बीईआरटी प्रयोग गरेर ती पेपरहरुबीचको समानता केलाउँदै छन् । 

ओएसटीपीले एआई अनुसन्धानकर्ताहरुका लागि ओपन कल सार्वजनिक गरेको छ । जसको मद्दतबाट उनीहरुले टेक्स्ट तथा डेटा माइनिङका लागि नयाँ प्रविधि विकास गर्न सक्छन् ।

यो सम्भव भएको खण्डमा उपलब्ध भएका व्यापक जानकारी र सूचनाबीच चिकित्सा समुदायले उपयोगी सूचना निकालेर प्रयोग गर्न सक्छन् । 

यो डेटाले कोभिड-१९ विरुद्धको लडाँइ लड्न वैज्ञानिक अनुसन्धानलाई तीब्र र छोटो बनाउने अपेक्षा समेत गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६