close

८६५ स्न्यापड्रागनका साथ ८ के रेकर्डिङका साथ रेडमी के थर्टी प्रो

टेकपाना टेकपाना

चैत ११, २०७६ १८:२८

८६५ स्न्यापड्रागनका साथ ८ के रेकर्डिङका साथ रेडमी के थर्टी प्रो

काठमाडौं । पप–अप सेल्फीका साथ आएको रेडमी के ट्वान्टी प्रो सन् २०१९ को एउटा उत्कृष्ट फोन मध्य एक थियो । सोही सिरिजमा साओमीले विश्व बजारमा रेडमी के थर्टी प्रो र के थर्टी प्रो जुम सार्वजनिक हुने भएको छ ।

सस्तो मूल्यमा सार्वजनिक भएको उक्त यस फोनमा पनि कम्पनीले पप–अप सेल्फी क्यामरालाई नै निरन्तरता दिएको छ । हाउजिङको वरिपरी एलईडी लाईट दिइएको फोन ६.६७ इन्च ओएलईडी डिस्प्ले रहेको छ ।

कम्पनीका अनुसार फोनमा आईपी ५० रेटिङ वाटर रेसिस्टेन्स रहेको छ । जसले पानीमा पनि फोनलाई कुनै असर नपर्ने उल्लेख छ । फाइभजी सर्पोट गर्ने फोनमा स्न्यापड्रायागन ८६७ प्रोसेसर प्रयोग गरिएको छ । कम्पनीका अनुसार यो फोन ६ जबी र्‍याम र १२८ जीबी रोमका भेरियन्ट बजारमा उपलब्ध हुनेछ ।

के थर्टी प्रोमा ६४ मेगापिक्सेलको मेन क्यामरा दिएको छ । जसले ८ के रेकर्डिङ गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार फोनमा १३ मेगा पिक्सेलको अल्ट्रा वाइड, २ मेगा पिक्सेलको डेप्थ सेन्स र ५ मेगा पिक्सेलको टेलिफोटो म्याक्रो लेन्स प्रयोग गरिएको छ ।

त्यस्तै के थर्टी प्रो जुममा पनि ५४ मेगा पिक्सेलको मुख्य क्यामरा रहेको छ । भने, १३ मेगा पिक्सेलको अल्ट्रा वाइड सेन्सर, २ मेगा पिक्सेलको डेप्थ क्यामेरा भने ३ गुण जुम सहतिको ८ मेगा पिक्सेलको टेलिफोटो सटर प्रयोग गरिएको छ ।

यी दुबै फोनमा ४७०० एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ । जसको बजार मूल्य नेपाली ५० हजार भन्दा कम हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६