close

दुई सय रुपैयाँसम्म व्यालेन्स सापटी दिन प्राधिकरणको निर्देशन

टेकपाना टेकपाना

चैत ११, २०७६ १७:४३

दुई सय रुपैयाँसम्म व्यालेन्स सापटी दिन प्राधिकरणको निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले उपभोक्तालाई दुई सय रुपैयाँसम्म व्यालेन्स सापटी दिन दूरसञ्चार कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणको सञ्चालक समितिको निर्णयको आधारमा मंगलबार यस्तो निर्देशन दिइएको अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

यस्तो व्यालेन्स सापटीमा कुनै पनि अतिरिक्त शुल्क नलगाउन पनि निर्देशन दिइएको उनले जानकारी दिए ।

हाल एनसेल र टेलिकमले उपभोक्ताको मोबाइल व्यालेन्स सकिएमा २० रुपैयाँसम्म व्यालेन्स सापटी दिंदै आएका छन् । एनसेलले दिने व्यालेन्स सापटीमा २ रुपैयाँ व्याजबापत् लिने गरेको छ ।

अब दूरसञ्चार कम्पनीले अतिरिक्त शुल्क नलिइकन व्यालेन्स सापटीलाई दुई सय रुपैयाँसम्म बनाउन सक्नेछन् । बढीमा एक महिनासम्मको लागि यस्तो व्यवस्था गर्न निर्देशन दिइएको हो ।

प्राधिकरणको सञ्चालक समितिको बैठक अनलाइनमार्फत बसेको अध्यक्ष खनालले जानकारी दिए ।

दूरसञ्चार कम्पनीहरुलाई सस्तो डाटा प्याकेज सार्वजनिक गर्न पनि निर्देशन दिइएको उनले बताए । खनालका अनुसार अहिले चल्तीको दरभन्दा कम हुने गरी डाटा प्याकेज घोषणा गर्नको लागि प्राधिकरणको स्वीकृति आवश्यक पर्ने छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६