close

लकडाउनको समयमा टेलिकमको सेवा स्वतः नवीकरण हुने

टेकपाना टेकपाना

चैत ११, २०७६ २०:४

लकडाउनको समयमा टेलिकमको सेवा स्वतः नवीकरण हुने

काठमाडौं । कोरोनाभाइरसको महामारी रोकथाम र नियन्त्रणको प्रयासमा सरकारले देशलाई नै पूर्णतया लकडाउन गरेको छ । त्यसैलाई मध्यनजर गर्दै नेपाल टेलिकमले आफ्ना ग्राहकलाई नयाँ सुविधा उपलब्ध गराउन थालेको छ ।

अत्यावश्यक सेवाको रूपमा रहेको दूरसञ्चार सेवा प्रवाह गर्ने टेलिकमले आफ्ना सेवाहरू सहज, सुपथ तथा अविच्छिन्न रूपमा प्रवाह गर्ने उद्देश्यका साथ नयाँ सुविधा दिन थालेको हो ।

जसअनुसार टेलिकमले पुर्ण लकडाउनको अवधिमा कम्पनीका सेवाहरू निरन्तर उपलब्ध गराउन समयावधि सकिएका एडीएसएल तथा एफटीटीएच लाइनहरूको म्याद थप्ने भएको छ ।

त्यस्तै कम्पनीको ल्याण्डलाइन टेलिफोन सेवाको महशुल भुक्तानी नभएको खण्डमा लगाउने गरिएको जरिवाना समेत लकडाउन अवधिभरको लागि मिनाहा गर्ने निर्णय गरिएको टेलकिमले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६