close

नेटफ्लिक्सले भारतमा पनि घटायो २५ प्रतिशत ट्राफिक

टेकपाना टेकपाना

चैत १२, २०७६ १२:२

नेटफ्लिक्सले भारतमा पनि घटायो २५ प्रतिशत ट्राफिक

एजेन्सी । भिडियो स्ट्रिमिङ सेवा नेटफ्लिक्सले भारतमा ३० दिनसम्मका लागि आफ्नो नेटवर्कमा ट्राफिक घटाउने बताएको छ । इन्टरनेट पाइपलाइनमा परेको दबाब कम गर्न नेटफ्लिक्सले यसअघि युरोपमा लगाएको पावन्दी मंगलबारदेखि भारतमा पनि लागु भएको हो ।

नेटफ्लिक्सले ट्राफिक कम गरे पनि आफ्नो सेवाको गुणस्तरतालाई कायम राख्ने बताएको छ । यस्तै अमेजन प्राइम भिडियोले पनि आफ्नो प्लेटफर्ममा खर्च हुने डेटा खपतलाई पनि घटाउने बताएको छ । 

यस्तै डिज्नीको हटस्टार, टाइम्स इन्टरनेटको म्याक्स प्लेयर र जी फाइभ पनि यस्तै कदम उठाउने तयारीमा छन् । नेटफ्लिक्सका कनटेन्ट डेलिभरी भीपी केन फ्लोरेन्सले भने, ‘यो संकटमा, हामीले दूरसञ्चार नेटकर्वमा २५ प्रतिशतले ट्राफिक घटाउने तरिका विकास गरेका छौँ । साथै हामीले हाम्रो सेवाको गुणस्तरतामा पनि सन्तुलन कायम गरेका छौँ । ता कि हाम्रा प्रयोगकर्ताहरुले आफ्नो योजना अनुसारको भिडियो निरन्तर पाइरहून् । हाम्रो यो कदमले कन्जेस्टेड नेटवर्कलाइ ठूलो राहत मिल्ने छ र भारतमा यो नीति ३० दिनसम्म लागू हुनेछ ।’

एउटै टाइटलमा विभिन्न स्ट्रिमहरुलाइ व्यवस्थित गर्ने नेटफ्लिक्सले यस कदम अन्तर्गत रहेर ठूलो ब्याण्डविथ स्ट्रिम्सलाइ हटाउँदैछ । तर यसले भारतका रहेका उसका सब्सक्राइबरलाइ कुनै असर नपुर्‍याउने बताइएको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६