close

विश्वभर भिडियो क्वालिटी सीमित गर्दै युट्युव

टेकपाना टेकपाना

चैत १२, २०७६ १२:३४

विश्वभर भिडियो क्वालिटी सीमित गर्दै युट्युव

काठमाडौं । मंगलबारबाट युट्युवले आफ्नो भिडियो गुणस्तरलाई घटाएको छ । कोरोना भाइरसको महामारीको अवधिभर इन्टरनेट ट्राफिकलाई सहज बनाउन कम्पनीले विश्वभर आफ्नो भिडियो गुणस्तर घटाउने ब्लुमबर्गले उल्लेख गरेको छ । 

अबको केही दिनसम्म भ्युअरहरुले युट्युवका सम्पूर्ण भिडियोहरु स्ट्याण्डर्ड डेफिनेसनल रेजोलुसनमा हेर्नुपर्ने कम्पनीले बताएको छ । भ्युअरहरुले हाइ डेफिनेसनमा पनि भिडियो हेर्न पाउनेछन् । तर यसका लागि म्यानुअल्ली चयन गर्नुपर्नेछ । 

यस अघि इन्टरनेटको गुणस्तरका आधारमा भिडियो क्वालिटी स्वतः घट बढ हुने गरेको थियो ।नियमनकारी निकायहरुले नेटफ्लिक्स, अमेजन प्राइम भिडियो जस्ता अत्यधिक हेरिने स्ट्रिमिङ सेवाहरुलाई आप्नो ब्याण्डविथ प्रयोग घटाउन आग्रह गरेका छन् । 

सेल्फ क्वारेन्टाइनमा करोडौं मानिसहरु बसिरहँदा पछिल्ला हप्ताहरुमा स्ट्रिमिङ सर्भिसको प्रयोगमा भारी मात्रामा वृद्धि भएको छ । युट्युवको भिडियो प्रयोग बेलुकाको समयमा बढेको देखिन्छ । 

फाइल ट्रान्समिटको साइजको आधारमा म्युजिक, म्यासेजिङ र म्याप्सको तुलनामा स्ट्रिमिङ भिडियोले धेरै इन्टरनेट ब्याण्डविथ खपत गर्छ । 

गत हप्ताको एउटा नेटवर्क एनालिसिस फर्म स्याण्डभाइनको रिपोर्ट अनुसार युट्युवको ट्राफिक सबैभन्दा धेरै रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६