close

अनलाइनमै यसरी निःशूल्क पढ्नुहोस् नेपाली पुस्तक

टेकपाना टेकपाना

चैत १२, २०७६ १६:१५

अनलाइनमै यसरी निःशूल्क पढ्नुहोस् नेपाली पुस्तक

काठमाडौंः कोरोनाभाइरस अहिले विश्वभर महामारीको रुपमा फैलिरहेको छ । सरकारले मंगलबारदेखि अत्यावश्यक सेवा बाहेक देशभर लक डाउन गरेको छ ।

यस्तो अवस्थामा तपाईं पनि घरमा बसेर समय कटाउन विभिन्न विकल्पहरु खोजिरहेको हुनपर्छ ।इन्टरनेटमा फिल्म हेर्ने, घरमा आफन्तसँग समय बिताउने वा विदेशका विभिन्न माध्ययमले उपलब्ध गराएका पुस्तक पढ्ने त छँदैछ ।

त्यो सँगै अब तपाईंले नेपाली पुस्तक अनलाइनमै निःशल्क पढ्न सक्नुहुन्छ । जुन तपाईंका लागि समय व्यतित गर्ने उत्कृष्ट माध्ययम हुन सक्छ । ई–पुस्तकालयले निःशूल्क रुपमा नेपाली पुस्तक पढ्ने सुविधा उपलब्ध गराउँदै आएको छ । पुस्तकालय प्रवेश गर्न यहाँ क्लिक गर्नुहोस् ।

उक्त अनलाइन तथा डिजिटल पुस्तकालयमा हजारौंको संख्यामा नेपाली पुस्तकहरु उपलब्ध रहेका छन् । जसलाई तपाईंले पीडीएफमा डाउनलोड गरेर आफ्नो मोबाइल तथा कम्प्युटरमामा पढ्न सक्नुहुनेछ ।

त्यतिमात्रै नभएर पुस्तकालयले कक्षा १ देखी १० कक्षा सम्मका पाठ्यक्रमका पुस्तक पनि उपलब्ध गराइरहेको छ । जसलाई तपाईंले पढेर वा भिडियोमा हेरेर पनि सिक्न सक्नुहुनेछ । अडियो पस्तकका साथै अन्य भिडियो सामग्री समेत लाइब्रेरीमा राखिएका छन् ।

यसैगरी तपाईंले अनलाइन लाइब्रेरीमै अभ्यास गर्न पनि सक्नुहुनेछ । पुस्तकालयका अनुसार यसमा ६ हजार ८ सय ४५ वटा किताब रहेका छन् ।

जसमा नेपाली साहित्यदेखी विदेशी साहित्यका पुस्तक पनि रहेका छन् । जुन घरमा बसेको बेला तपाईंले पढ्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६