close

नेपाल टेलिकमले फेर्‍यो रिङ्टोनको सन्देश

टेकपाना टेकपाना

चैत १२, २०७६ १४:७

नेपाल टेलिकमले फेर्‍यो रिङ्टोनको सन्देश

काठमाडौं । सरकारी दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले आफ्नो रिङटोन परिवर्तन गरेको छ । यसअघिको रिङ ब्याक टोनमा कोरोना संक्रमणबाट बच्ने उपाय राखिएकोमा बुधबारबाट भने घरमै बस्ने आग्रह सहितको सन्देश राखिएको हो ।

सरकारले मङ्गलबारदेखी घरमै बस्न आग्रह गरेपछी टेलिकमले पनि आफ्नो रिङटोनमा सोही सन्देश राखेको जनाएको छ । रिङ्‌टोनमा सिवानी थापाले आफ्नो आवाज दिएकी हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६