close

माइक्रोसफ्ट विण्डोजका सबैजसो भर्सनमा सुरक्षा जोखिम

टेकपाना टेकपाना

चैत १२, २०७६ १६:५५

माइक्रोसफ्ट विण्डोजका सबैजसो भर्सनमा सुरक्षा जोखिम

एजेन्सी । माइक्रोसफ्टले आफ्नो नयाँ रिमोट कोड एक्जक्युसन भल्नरेबिलिटीको खुलासा गरेको छ । यो भल्नरेबिलिटी विण्डोजको सबै सपोर्टेड भर्सनहरुमा पाइएको छ । 

हाल यो ‘लिमिटेड टार्गेटेड अट्याक’ मा व्यापक प्रयोग भइरहेको छ । यदि ह्याकरहरुले सफलतापूर्वक अट्याक गर्न सके भने उनीहरुले अरुको डिभाइसमा टाढाबाटै कोड र माल्वेयर रन गराउन सक्छन् ।

साइबर हमलाकारीले उक्त भल्नारेबिलिटीको दुरुपयोग गर्नसक्ने अनेक तरिकाहरु छन् । जसमा उनीहरुले प्रयोगकर्ताहरुलाई विशेषरुपमा बनाइएको डकुमेन्टहरु खोल्न वा विण्डोज प्रिभ्यू प्यान हेर्न लगाउन सक्ने माइक्रोसफ्टले नै बताएको छ ।

यो भल्नरेबिलिटी एकदमै संवेदनशील रहेको बताइएको छ । हाल उक्त कमजोरीलाई मिलाउन प्याच उपलब्ध  छ ।

माइक्रोसफ्टका सल्लाहकारका अनुसार उक्त सुरक्षा भल्नरेबिलिटीलाई सम्बोधन गर्न अपडेटहरु सार्वजनिक हुँदै आएका छन् ।

यसअन्तर्गत हरेक महिनाको दोस्रो मंगलबार यो अपडेट सार्वजनिक हुन्छ । त्यस हिसावले आगामी अप्रिल १४ मा अर्को अपडेट सार्वजनिक हुँदैछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६