close

कोरोनाबारे जानकारी दिन तीन स्थानमा टोल फ्री नम्बर

टेकपाना टेकपाना

चैत १४, २०७६ १२:२३

कोरोनाबारे जानकारी दिन तीन स्थानमा टोल फ्री नम्बर

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले तीन स्थानमा चार अंकको टोल फ्री नम्बर राख्ने भएको छ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिको बुधबार बसेको बैंठकको निर्देशन अनुसार मन्त्रालयले त्यस्तो व्यवस्था गर्ने भएको हो ।

समितिले मन्त्रालयलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चार अंकको टोल फ्री टेलिफोन सेवा जडान गर्न निर्देशन दिएको थियो।

टोल फ्री नम्बरमा निःशूल्क रुपमा कल गरी कोरोना भाइरसको बारेमा जानकारी लिन सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६