close

रिचार्जमा बोनस दिन अटेर गर्दै स्मार्ट टेलिकम

टेकपाना टेकपाना

चैत १३, २०७६ १८:१७

रिचार्जमा बोनस दिन अटेर गर्दै स्मार्ट टेलिकम

काठमाडौं । स्मार्ट टेलिकमले नियामक नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार रिचार्ज बराबर बोनस सेवा अझै सुरु गरेको छैन । यसअघि मंगलबार नियामक नेपाल दूरसञ्चार प्राधिकरणले रिचार्ज गरे बराबरको रकम बोनसको रुपमा उपलब्ध गराउन सबै सेवा प्रदायकलाई निर्देशन दिएको थियो ।

निर्देशनको पालना गर्दै नेपाल टेलिकमले बुधबार रातीदेखि रिचार्जमा शतप्रतिशत बोनस दिन थालेको छ भने एनसेलले आधा बोनस उपलब्ध गराइरहेको छ । तर, अर्को सेवा प्रदायक स्मार्ट टेलिकमले भने हालसम्म त्यस्तो कुनै योजना सार्वजनिक गरेको छैन ।

प्राधिकरणले मुलुक नै लकडाउनको अवस्थाबाट गुज्रिरहेका बेला प्रयोगकर्ताको सहजताको लागि सेवा प्रदायकलाई यस्तो सुविधा उपलब्ध गराउन निर्देशन दिएको थियो । उसले दुई सय रुपैयाँ सापटी दिन नियामकले दिएको अर्को निर्देशनको समेत पुर्ण पालना गरेको छैन । स्मार्टले लोनको रुपमा केवल ४० रुपैयाँ मात्रै दिइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६