close

नवीकरण गर्नुपर्ने ग्राहकलाई वर्ल्डलिंकले ५ दिनको समय दिने

टेकपाना टेकपाना

चैत १३, २०७६ १४:१७

नवीकरण गर्नुपर्ने ग्राहकलाई वर्ल्डलिंकले ५ दिनको समय दिने

काठमाडौं । नेपालकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक लिमिटेडले लकडाउनको समयमा नवीकरण गर्नुपर्ने ग्राहकलाई ५ दिनको समय उपलब्ध गराउने भएको छ । कोरोना भाइरस अर्थात कोभिड १९ को विश्व महामारीको समयमा वर्ल्डलिंकले राहत प्याकेजको रुपमा यस्तो सुविधा दिने भएको हो । 

यस अघि नवीकरणको म्याद सकिएका ग्राहकहरुलाई कम्पनीले दुई देखि तीन दिनको समय दिँदै आएको थियो । अब भने सोझै ५ दिनको समय दिइने वर्ल्डलिंकले जनाएको छ । अहिले कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले मुलुक नै लकडाउन गरेको छ । 

यस्तो समयमा घर बाहिर निस्किन समेत नपाइने भएकाले खल्ती लगायतका अनलाइन भुक्तानी सेवाप्रदायकबाट बिल तिर्न सेवाप्रदायकले आग्रह गरेको छ ।

‘हाम्रा कर्मचारीको सुरक्षा सरोकारलाई मध्यनजर गर्दै अहिलेको अवस्थामा हाम्रा केही बिलिङ काउण्टरहरु उपलब्ध हुने छैनन्,’ कम्पनीले सूचना जारी गर्दै भनेको छ, ‘लकडाउनका कारण हामी नयाँ इन्टरनेट कनेक्सन जडान गर्न समेत असमर्थ छौँ । अवस्था सामान्य भएपछि नयाँ जडानको अनुरोधलाई कार्यान्वयमा लैजाने नै छौँ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६