close

अब इन्स्टाग्राममै स्क्रिन शेयरिङ फिचर

टेकपाना टेकपाना

चैत १३, २०७६ १५:३५

अब इन्स्टाग्राममै स्क्रिन शेयरिङ फिचर

काठमाडौं । इन्स्टाग्रामले आफ्नो सेवालाई थप सामाजिक र सक्रिय बनाउन नयाँ फिचर सार्वजनिक गरेको छ । कम्पनीले स्क्रिन शेयरिङका लागि नयाँ को वाचिङ फिचर थप गरेको हो । 

नयाँ फिचरसँगै अब इन्स्टाग्राममा डबल वा ग्रुपमा भिडियो च्याट गर्दा तपाईंले साथीहरुसँग स्क्रिन शेयर गरेर फिड तथा पोस्टहरु एकसाथ हेर्नसक्नु हुनेछ । 

को वाचिङ फिचरले प्रयोगकर्तालाई खाली अनुत्पादक गफमा नअल्झाएर, इन्स्टाग्राममा भएका कन्टेन्टका विषयमा कुरा गर्न, पोस्ट हेर्दै कुरा गर्न, ठट्टा गर्ने सुविधा दिएको छ ।

यसले गर्दा प्रयोगकर्ताहरु भिडियो कलमा धेरै समय झुम्मिने र इन्स्टाग्राम एपमा आफ्नो धेरै समय खर्चिने कम्पनीको विश्वास छ । 

इन्स्टाग्रामले यो फिचरलाई एकवर्षअघिदेखि परीक्षण गरिरहेको थियो । यो नयाँ फिचरसँगै कम्पनीले कोभिड १९ सँग जोडिएका धेरै कुराहरु पनि एपमा थप गरेको छ । 

कम्पनीले दुई हप्तादेखि आफ्नो फिचरमा कोभिड १९ सम्बन्धि रोकथामका टिप्स तथा आधिकारिक स्वास्थ्य संगठनहरुको सूची पनि सर्च रिजल्टको टपमा राखेको छ । 

साथै कम्पनीका फ्याक्ट चेकरहरुले फेला परेका कोरोना भाइरस सम्बन्धि मिथ्या सामाग्रीहरुलाई हटाउने व्यवस्था समेत समावेश गरेको छ । 

सामाजिक दूरी र क्वारेनटाइनको अवधि समाप्त भए पश्चात पनि को वाचिङ फिचर महत्वपुर्ण फिचरको रुपमा इन्स्टाग्राममा रहने कम्पनीको विश्वास छ । 

अहिले सामाजिक सञ्जाल ब्राउज गर्दा भिडियो कलामा संलग्न सबै प्रयोगकर्ताहरुले सामाग्रीहरु सँगै हेर्नसक्ने फिचरले स्क्रिन शेयरिङ एप स्क्वायडलाई निकै चर्चित बनाएको छ । स्क्वाड २०१९ को जनवरीमा सार्वजनिक भएको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६