close

रिचार्जपछि बोनस पाउनु भएन ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

चैत १३, २०७६ १६:५४

रिचार्जपछि बोनस पाउनु भएन ? यसो गर्नुहोस्

काठमाडौं । दूरसञ्चार सेवा प्रदायकले कम्पनीले अहिले रिचार्जमा उल्लेख्य मात्रामा बोनस दिइरहेका छन् । कोरोना भाइरस अर्थात कोभिड १९ का कारण मुलुक नै लकडाउनमा रहेको अवस्थामा सेवालाई सहज बनाउन यस्तो सुविधा ल्याइएको हो ।

त्यसमध्ये नेपाल टेलिकमले रिचार्ज बराबरकै बोनस दिन थालेको छ भने निजी मोबाइल सेवाप्रदायक एनसेलले रिचार्ज रकमको आधा बोनस दिइरहेको छ ।

तर, बोनस पाएको वा नपाएको विषयमा प्रयोगकर्ता नै दुविधामा परिरहेका हुनसक्छन् । यदि तपाईं नेपाल टेलिकमको प्रयोगकर्ता हुनुहुन्छ भने रिचार्ज गरिसकेपछि आफ्नो नम्बरमा प्राप्त बोनसको बारेमा सहजै थाहा पाउन सक्नुहुनेछ ।

त्यसका लागि *1415*55# डायल गरेर अथवा FR टाइप गरेर १४१५ मा एसएमएस पठाउनुपर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६