close

भिडियो कलमा डाक्टरबाट कोरोनाको निःशूल्क परामर्श, सेवाका लागि यसो गर्नुहोस्

टेकपाना टेकपाना

चैत १३, २०७६ १७:२६

भिडियो कलमा डाक्टरबाट कोरोनाको निःशूल्क परामर्श, सेवाका लागि यसो गर्नुहोस्

काठमाडौं । हाम्रो पात्रोले ‘लाइभ भिडियो कल टु डक्टर’ सेवा सुरु गरेको छ । कोरोन भाइरस र लकडाउनको स्थितिमा सर्वसाधारणलाई चिकित्सा सेवासँग सहजीकरण गराउने उद्देश्यका साथ हाम्रो पात्रो एपले यस्तो सेवा सुरु गरेको हो । 

लाइभ भिडियो कल मार्फत डाक्टरको परामर्श सेवा उपलब्ध गराउने कार्यमा हाम्रो पात्रोले एनसेल र नेपाल मेडिकल काउन्सिलसँग सहकार्य गरेको छ ।  

यससँगै अब सर्वसाधारणले घरमै बसेर नेपाल मेडिकल काउन्सिलका सम्वद्ध चिकित्सकसँग  कोभिड १९ अर्थात कोरोना भाइरस सम्बन्धि परामर्शका लिन सक्नेछन् । 

सर्वसाधारणले आफू वा आफ्ना परिवारका सदस्यमा कोरोना भाइरसको लक्षणहरु देखिएको अवस्थामा हाम्रो पात्रोको नयाँ वेब पेज ब्राउज गर्न सक्नेछन् । पेज ब्राउज गर्न यहाँ क्लिक गर्नुहोस् ।

अब त्यहाँ तपाईंले पहेँलो रंगमा ‘डाक्टरलाई कल गर्नुहोस्’ लेखिएको बटन देख्न सक्नुहुनेछ । त्यो बटन थिचेर अनलाइनमा रहेका डाक्टरहरुसँग भिडियो लाइभमार्फत सम्पर्क गरी आवश्यक सल्लाह लिन सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६