close

कोरोनाको प्रभाव इन्टरनेटमा, अमेरिकी सहरमा ४०% स्पीड घट्यो

टेकपाना टेकपाना

चैत १३, २०७६ १९:४६

कोरोनाको प्रभाव इन्टरनेटमा, अमेरिकी सहरमा ४०% स्पीड घट्यो

एजेन्सी । कोभिड १९ अर्थात कोरोना भाइरसको विश्व महामारीलाई रोक्न सरकारले लागू गरेको होम क्वरोन्टइनको व्यवस्थाले विश्वभरको इन्टरनेट स्पीड प्रभावित भएको छ । एउटा नयाँ रिपोर्टअनुसार अमेरिकाका धेरै शहरहरुमा इन्टरनेट स्पीड निकै कमजोर भएको छ । 

ब्रोण्डब्याण्ड एनालिसिस साइट ब्रोण्डब्याण्ड नाउको रिपोर्ट अनुसार अमेरिकाका अत्याधिक जनघनत्व भएका २०० सहरमध्ये ८८ सहरमा यस्तो समस्या देखिएको हो । 

केही सहरमा इन्टरनेटमा उल्लेखनीय अवरोध उत्पन्न हुँनुका साथै पछिल्लो हप्ता डाउनलोड स्पीडमा ४० प्रतिशतसम्म घटेको छ । 

सेल्फ क्वरोन्टाइनमा बस्ने सबै मानिसहरुले इन्टरनेटको प्रयोग गर्ने हुँदा विश्वभरकै ब्रोण्डब्याण्ड इन्टरनेट सेवामा यस्तो समस्या देखा पर्न थालेको हो । 

लस एन्जलस, सिकागो, ब्रुकलिङ तथा सानफ्रान्सिस्को जस्ता सहरहरुको डाउनलोड स्पीडमा भने कतै थोरै त कतै अवरोध नै नदेखिएको बताइएको छ । 

कोरोना भाइरसको प्रभावित केन्द्र मानिएको न्युयोर्क सहरमा वितेका दश हप्ताको तुलनामा गत हप्ता डाउनलोड स्पीड २४ प्रतिशतले घटेको छ । यसबीच अधिकांश शहरहरुमा नेटवर्क स्पीडलाई स्थिर राखिएको छ । 

तर दुई सयमध्ये ८८ वटा अमेरिकी सहरमा २० प्रतिशतभन्दा धेरै इन्टरनेट स्पीड ड्रप भएको देखिएको थियो  । तीन अमेरिकी सहरमा भने ४० प्रतिशतभन्दा धेरै स्पिड ड्रप भएको छ ।

टेक्ससमा ४४ प्रतिशत, उत्तरी क्यालिफोर्नियामा ४१ प्रतिशत र क्यालिफोर्नियामा ४२ प्रतिशत इन्टरनेट स्पीड ड्रप भएको छ । 

इन्टरनेट सेवा प्रदायकहरुले यो संकटको समयमा इन्टरनेट सेवालाई व्यवस्थापन गर्न डेटाको सीमालाई निलम्बन गरेका छन् । सेवाप्रदायकले आधारभूत स्पीड बढाएका छन् भने न्यून आय भएका परिवारलाई फ्री एक्सेस दिइरहेका छन् ।

ब्याण्डविथ खपत गर्नेमा अहिले सबैभन्दा ठूलो हात भिडियो स्ट्रिमिङ सर्भिसको छ । कम नेटवर्क खपत गर्नका लागि यी सेवाहरुले आफ्नो क्वालिटीलाई घटाउँदै लगेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६