close

खल्ती वालेटमा एटीएम कार्डबाटै पैसा लोड गर्न यसो गर्नुहोस्

टेकपाना टेकपाना

चैत १४, २०७६ १५:४६

खल्ती वालेटमा एटीएम कार्डबाटै पैसा लोड गर्न यसो गर्नुहोस्

काठमाडौं । कोराना भाइरस अर्थात कोभिड-१९ का कारण सरकाले देशभर लकडाउन गरेको छ । बाहिर निस्किन समेत रोक लगाएको अहिलेको अवस्थामा पैसाको खाँचो पर्न सक्छ ।

त्यस्तो अवस्थामा डिजिटल पेमेन्ट एउटा उत्कृष्ट विकल्प हो । बैंकसँग जोडिएको अवस्थामा त सहजै बैंकबाट खल्ती लगायतका एपमा पैसा लोड गर्न सकिन्छ ।

तर, मोबाइल तथा इन्टरनेट बैकिङ छैन भने बाहिर निस्किन नपाइरहेको अवस्थामा के गर्ने भन्ने दोधारमा पर्नुभएको हुनसक्छ । यस्तै किसिमको समस्या समाधान गर्न खल्तिले नयाँ विकल्प तयार पारेको छ ।

जसअनुसार अब एटीएम कार्डमार्फत नै खल्ती डिजिटल वालेटमा पैसा लोड गर्न सकिने भएको छ ।त्यसका लागि सुरुमा आफ्नो मोबाइलमा खल्ती एप डाउनलोड गर्नुहोस् । एन्ड्रोइडको एपको लागी यहाँ क्लिक गर्नुहोस् । आईओएसको लागि यहाँ क्लिक गर्नुहोस् ।

एप डाउनलोड गरेसँगै तपाईंले त्यहाँ आफ्नो आवश्यक जानकारी राखेर अकाउण्ट खोलेर खल्ती प्रयोग गर्न सक्नुहुनेछ ।

जब तपाईंले खल्तीमा आफ्नो अकाउण्ट बनाउनु हुन्छ, त्यहाँ तपाईंले सबैभन्दा माथि ‘लोड फण्ड’ भन्ने अप्सन फेला पार्न सक्नुहुनेछ । त्यसमा तपाईं खल्तीमा पैसा लोड गर्ने विभिन्न विकल्प देख्नु हुनेछ ।

त्यसमध्ये तेस्रो विकल्पमा ‘भिसा, मास्टरकार्ड, एमेक्स कार्ड’ र ‘एससीटी कार्ड’ दिइएको छ । यदि तपाईंसँग भएको एटीएम कार्डको कम्पनीको नाम अनुसार (उदाहरणको लागि भिसा, एससीटी) अप्सनमा क्लिक गर्नु पर्ने हुन्छ ।

त्यहाँ तपाईंले कार्ड नम्बर, सीभीभी लगायतका आवश्यक जानकारी भरी सहजै पैसा लोड गर्न सक्नुहुनेछ । यदि तपाईं एप प्रयाेग चाहनुहुन्न भने खल्तीकाे वेब साइटमा गएर पनि अकाउण्ट बनाएर डिजिटल वाल्टमा पैसा लाेड गरेर सहजै प्रयोग गर्न सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६