close

अलपत्र पर्यटकको सहजताका लागि छुट्टै अनलाइन

टेकपाना टेकपाना

चैत १४, २०७६ १२:४

अलपत्र पर्यटकको सहजताका लागि छुट्टै अनलाइन

काठमाडौं । कोरोना भाइरस अर्थात कोभिड १९ का कारण देशभर लकडाउन छ । यस्तो अवस्थामा देशका विभिन्न पर्यटकीय स्थलमा पुगेका पर्यटक त्यहीँ अलपत्र परिरहेका हुनसक्छन् । त्यसैलाई मध्यनजर गर्दै नेपाल पर्यटन बोर्डले त्यस्ता पर्यटकको सहजताका लागि नयाँ अनलाइन प्लेटर्फको विकास गरेको छ ।

पर्यटन बोर्डले सुरु गरेको ‘स्ट्रान्डेड इन नेपाल’ नामक अनलाइन प्लेटफर्ममार्फत अलपत्र तथा असहाय अवस्थामा रहेका पर्यटकलाई आवश्यक सहयोग उपलब्ध गराइने छ । ‘यदि सुझाव, जानकारी तथा अन्य सहयोग चाहिएमा हामी छौं । यद्यपी, हामी सबैकुरा ठिक पार्न सक्छौ भन्ने छैन तर हामी कोशिस गर्नेछौ,’ उक्त साइटमा लेखिएको छ ।

यदि कुनै पनि पर्यटकले आफू अलपत्र परेको अथवा सहयोग आवश्यक परेको भन्दै ‘#StrandedInNepal’ टाइप गरी पोष्ट गरेको खण्डमा उक्त पोष्टको आधारमा बोर्डले आवश्यक अध्ययन गरी सहयोगको प्रक्रिया अघि बढाउनेछ । उक्त साइटमा सोझै सम्पर्क गर्नको लागि आवश्यक नम्बर पनि राखिएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६