close

यस्तो छ, गूगलबिनै सार्वजनिक भएको ह्वावे पीफोर्टी सिरिज

टेकपाना टेकपाना

चैत १४, २०७६ १४:२२

यस्तो छ, गूगलबिनै सार्वजनिक भएको ह्वावे पीफोर्टी सिरिज

काठमाडौं । चिनियाँ मोबाइल निर्माता कम्पनी ह्वावेले पीफोर्टी सिरिजमा तीन नयाँ फ्यागशिप स्मार्टफोन सार्वजनिक गरेको छ । उत्कृष्ट फिचर तथा प्रिमियम लुक्सका साथ बजारमा आएका ह्वावे पीफोर्टी, पीफोर्टी ४० प्रो र पीफोर्टी प्रो प्लस फोन तपाईंलाई भने अस्वभाविक लाग्न सक्छ । 

किनभने यो फोनमा न जीमेल छ, न गूगल म्याप्स छ न त गूगल प्ले स्टोर नै । गत वर्ष अमेरिकी सरकारले आफ्ना देशका कम्पनीहरुलाई ह्वावेसँग कुनै पनि किसिमको व्यवसायिक सम्बन्ध नराख्न निर्देशन दिएका थियो  । उक्त निर्देशनको पालना गर्दै गूगलले ह्वावेसँग सम्बन्ध विच्छेद गरेको छ ।

यद्यपी ह्वावेले नयाँ फ्यागशिप फोनहरु बजारमा ल्याएर गूगलबिना पनि आफ्नो दरिलो अस्तित्व सावित गरेको छ । ह्वावे यही गतिमा अगाडि बढ्ने हो भने एकदिन गूगलको सेवालाई पनि उसले पछाडि पार्नसक्ने क्षमता बनाउने छ । 

यो फोनमा ह्वावेले एन्ड्रोइडको ओपन सोर्स भर्सन प्रयोग गरेको छ । तर उसले गूगल सर्भिससँग जोडिएका कुनै पनि कोर फिचरहरु भने राखेको छैन । 

हुवावेको आफ्नै एप स्टोर छ । उसले आफ्नो फोनमा गूगलका एपहरुको कमी महसुस हुन नदिन ह्वावे ब्राण्डेड एपहरु समावेश गरेको छ ।

चीनमा गूगल सर्भिसलाई ग्रेट फायरवालले ब्लक गरेको छ । तर चीनबाहिर भने पी ४० सिरिजको फोन नकिन्नु नै उपयुक्त हुन्छ । किनभने यो फोनमा एन्ड्रोइड र आईओएसका धेरै एप तथा फिचरहरु ब्लक छन् ।

यो फोनको लुक्सको बारेमा कुरा गर्दा यसमा चारै कुनामा कर्भ डिजाइन रहेको छ । यो फोनको शिरानी तर्फको बायाँ कुनामा नयाँ होल पञ्च डिजाइन रहेको छ । जुन सामसङका नयाँ फोनहरु जस्तै देखिन्छ ।

पी फोर्टीमा ६.१ इञ्चको डिस्प्ले रहेको छ भने अन्य दुई प्रो मोडलमा ६.५८ इञ्चको डिस्प्ले रहेको छ । यी सबै फोनहरुको डिस्प्लेमा ९० हर्जको रिफ्रेस रेट रहेको छ । 

यी फोनहरुको चीपमा ह्वावेले आफ्नै सिस्टम राखेको छ । यसमा किरिन ९९० चिप छ । यसले फाइभजी नेटवर्कमा आधारित भएर काम गर्छ । गत वर्षको तुलनामा यसको चिपमा सीपीयू २३ प्रतिशत र जीपीयू ३९ प्रतिशत फास्ट छ ।

पी ४० प्रो प्लसमा चारओटा विभिन्न क्यामेरा मोड्युल र एउटा टाइम अफ फ्लाइट सेन्सर र एउटा अल्ट्रा वाइड लेन्स १८ एमएम तथा अर्को नर्मल लेन्स २३ एमएम र थ्री एक्स लेन्स ८० एमएम रहेको छ । यसमा एउटा सुपर पेरिस्कोप लेन्स रहेको छ, जसमा १० गुणा अप्टिकल जूम रहेको छ ।

यस्तै पी फोर्टीप्रोमा तीनओटा विभिन्न क्यामेरा मोड्युल र एउटा टाइम अफ फ्लाइट सेन्सर राखिएको छ ।यसमा अल्ट्रा वाइड र नर्मल लेन्स छ । जसमा पाँच गुणा जूम क्यामेरा लेन्स छ । जुन १२५ एमएम समान रहेको छ ।

यसमा अल्ट्रा वाइड १७ एमएम, नर्मल २३ एमएम र तीन गुणा जूम ८० एमएम गरी तीन क्यामेरा मोड्युल रहेका छन् । यसको मेन क्यामेरा सेन्सरमा ५० मेगापिक्सेल रहेको छ ।

कम्पनीले यो फोनमा एआई बेस्ट मुभमेन्ट नयाँ मोड थप गरेको छ । जसले गर्दा कुन समयमा फोटो क्याप्चर गर्नु पर्ने हो, क्यामेरा आफैले थाहा पाउँछ ।

८ जीबी र्‍याम र १२८ जीबी स्टोरेज को यो फोनको मूल्य युरोपमा ७९९ युरो (१,०५,००० रुपैयाँ) छ । यस्तै पीफोर्टी प्रो मोडल को ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेजको मूल्य ९९९ युरो (१,३१,००० रुपैयाँ) रहेको छ ।

यस्तै प्रो प्लस मोडल ८ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज १३९९ युरो (१,८४,०००)मा उपलब्ध हुनेछ । प्रो प्लस भेरियन्ट भने जुनपछि मात्रै उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६