close

कोरोना बारे जानकारी दिन अब सरकारको छुट्टै वेबसाइट

टेकपाना टेकपाना

चैत १५, २०७६ १२:१७

कोरोना बारे जानकारी दिन अब सरकारको छुट्टै वेबसाइट

काठमाडौं । सरकारले कोभिड-१९ अर्थात कोरोना भाइरस नियन्त्रण तथा रोकथामको कामलाई व्यवस्थित गर्न शनिबारदेखि नयाँ वेब पोर्टल प्रयोगमा ल्याएको छ । ‘डाँफे हेल्थ डटकम’ नामक उक्त पोर्टलसँगको सहकार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो प्रयास थालेको हो ।

सूचना र ज्ञान तथा सीप आदानप्रदान गर्ने उद्देश्यका साथ डेडिकेटेड वेब पोर्टल तयार पारिएको मन्त्रालयका सल्लाहकार डा खेमबहादुर कार्कीले बताए । उक्त पोर्टलमार्फत डाक्टर, स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रमा आवद्ध धेरै व्यक्तिमा कोभिड-१९ बारेमा उत्पन्न जिज्ञासा तथा समस्या समधानका लागि प्रभावकारी हुने विश्वास लिइएको छ ।

‘विश्व स्वास्थ्य संगठनले जसरी कोभिड-१९ को बिषयमा जानकारीहरु बाहिर ल्याइरहेको छ, त्यसैगरी यो वेबसाइटले त्यसको नियन्त्रणका लागि सरोकारवाला व्यक्तिको ज्ञान र सिप आदनप्रादनमा महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ’ मन्त्रालयले भनेको छ ।

आईमार्क डिजिटलसँगको सहकार्यमा सञ्चालनमा ल्याउन लागिएको लर्निङ पोर्टल मार्फत सरकारले डाक्टर तथा स्वास्थ्यकर्मीहरुलाई अनलाइन तालिमको व्यवस्था समेत गर्ने जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६