close

कोरोना नियन्त्रण गर्न टेलिकम कम्पनीसँग प्रयोगकर्ताको डाटा माग्दै युरोपियन आयोग

टेकपाना टेकपाना

चैत १६, २०७६ ११:४९

कोरोना नियन्त्रण गर्न टेलिकम कम्पनीसँग प्रयोगकर्ताको डाटा माग्दै युरोपियन आयोग

काठमाडौं । विश्वभर फैलिएको कोराना भाइरसको नियन्त्रणका लागि भन्दै युरोपियन आयोगले युरोपका टेलिकम कम्पनीसँग उनिहरुका प्रयोगकर्ताको जानकारी उपलब्ध गराउन आग्रह गरेको छ । प्रयोगकर्ताको लोकेशन ट्रयाकिङको तथ्यांङ्क उपलब्ध गराउन टेलिकम कम्पनीसँग आयोगले यस्तो आग्रह गरेको हो।

कोरानाबाट संक्रमित व्यक्ति संक्रमण हुनु पूर्व कहाँ, कहाँ गएको थियो भन्ने देखि संक्रमण भएपछिको उसको क्रियाकलाप निगरानी गर्न आयोगले प्रयोगकर्ताको तथ्याङ्क मागेको बताइएको छ । आयोगले सबै सेवा प्रदायकले सबैको डाटा दिनुपर्नेभन्दा पनि कुनै एउटा टेलिकम कम्पनीले कुनै एक देशमा डाटा उपलब्ध गराउँदा हुने उल्लेख छ ।

यसो हुँदा कुनै एक सेवा प्रदायकले प्रयोगकर्ताको डाटा दिएको नाममा आलोचना समेत खेप्नुनपर्ने बताइएको छ । त्यतिमात्रै नभएर आयोगले उक्त डाटा कोरोना नियन्त्रणको लागि मात्रै प्रयोग हुने समेत दाबी गरेको छ ।

कोरोना संक्रमित व्यक्ति कहिले कहाँ थियो, को–कोसँग भेट घाट गर्‍यो ? कहाँ–कहाँ गयो ? लगायतका विषयको जानकारी भएको खण्डमा संक्रमित हुन सक्ने व्यक्तिको पनि पत्ता लाग्ने भएकाले यो समयमा डाटा उपलब्ध गराउन आग्रह गरिएको हो ।

फ्रान्समा अरेन्ज कम्पनीले यसअघि नै त्यहाँको स्वास्थ्य सम्बन्धि अनुसन्धान गर्ने कम्पनी इनसर्मलाई उपलब्ध गराइसकेको हुँदा अन्य कम्पनीलाई पनि आवश्यकता अनुसार उपलब्ध गराउन आग्रह गरिएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६