close

वाइफाइ स्लो भो ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

चैत १५, २०७६ १३:३०

वाइफाइ स्लो भो ? यसो गर्नुहोस्

सरकारले साताव्यापी लकडाउन घोषणा गरेसागै धेरै मानिस घरभित्रै बस्न थालेका छन् । धेरै मानिसहरुले एकसाथ इन्टरनेट चलाउादा इन्टरनेटको स्पिड घटेको छ भने इन्टरनेट सेवा प्रदायकमा गुनासोको क्रम बढेको छ । सेवा प्रदायकले भने मर्मतमा समस्या झेलिरहेका छन् । नेटवर्क सीमित भएको र धेरै मानिसले एकै पटक नेट चलाउादा समस्या भइरहेको उनीहरुको तर्क छ ।

तर हाम्रो घरमा प्रयोग भइरहेको इन्टरनेट सेवा प्रदायकको कारण मात्रै नभई आफ्नै कारणले पनि स्लो भइरहेको हुनसक्छ । आफ्नो कारणले नेट स्लो भएको हो भने केही विकल्पहरु छन्, सुधार्ने ।

राउटर राख्ने स्थान
घरमा राउटर कहाा राखिएको छ भन्ने कुराले पनि इन्टरनेट स्लो हुन सक्छ । राउटरलाई सकेसम्म आफू बस्ने कोठा वा खुला स्थानमा राख्दा नेटको स्पिड केही बढ्न सक्छ । कुनामा राखिएको छ वा आफूले इन्टरनेट चलाउने स्थान भन्दा पर राखिएका कारण पनि तपाईंको नेट स्लो भएको हुनसक्छ ।

राउटरको एन्टेना
राउटरले इन्टेनामार्फत इन्टरनेट प्रवाह गरिरहेको हुन्छ । तपाईंको राउटरको एन्टेना धेरै झुकेको छ कि ? राउटरको एन्टेना सकेसम्म माथि पार्नुहोस् । बजारमा राउटरको ठूलो खालको एन्टेना पनि पाइन्छ । यस्तो इन्टेना छुट्टै किनेर राख्न पनि सकिन्छ ।

रेञ्ज एक्स्टेन्डर
तपाईंको वाइफाई अर्को तलामा छ वा नजिक ल्याउन नमिल्ने छ भने रेञ्ज एक्सटेन्डर अर्को विकल्प हो । बजारमा सस्तोदेखि महंगो दुवै खालका रेञ्ज एक्सटेन्डर पाइन्छन् । यसले कमजोर सिग्नल समातेर फेरि राम्रो सिग्नलको रुपमा प्रवाह गर्न सहयोग गर्छ । धेरै तलको घरमा एउटा मात्रै राउटर छ भने यो विकल्प उपयुक्त हुन सक्छ ।

वाइफाइ पासवर्ड
कतै तपाईंको वाइफाई पासवर्ड नफेरेको धेरै समय भएको त छैन ? यदि हो भने फेरि हाल्नुस् । तपाईंको पासवर्ड धेरै जनाले प्रयोग गरिरहेको पनि हुनसक्छन् । सीमित गतिको इन्टरनेट धेरै डिभाइसमा प्रयोग हुादा पनि इन्टरनेटको गति स्लो भएको हुनसक्छ ।

डाउनलोड र गेम
कतै तपाईंको इन्टरनेट प्रयोग गरेर कसैले गेम खेलिरहेको छ कि ? कसैले डाउनलोडको लागि प्रयोग गरिरहेको छ कि ? मोबाइल वा कम्युटरमा धेरै व्याण्डवीथ खपत् हुने खालका गेम खेल्दा पनि इन्टरनेट स्लो भएको हुनसक्छ । कसैले डाउनलोडको लागि प्रयोग गर्दा पनि अन्य डिभाइसमा नेट स्लो हुन सक्छ ।

ब्राउजर
कतै तपाईंले प्रयोग गरिहनु भएको ब्राउजरमा त समस्या छैन ? ब्राउजुरमा बढी एक्सटेन्सन प्रयोग गर्दा वा एड ब्लक नगर्ने ब्राउजर प्रयोग गर्दा पनि इन्टरनेट स्लो भएको अनुभूति हुनसक्छ । यसको लागि गुगल क्रोम, ब्रेभजस्ता उच्च गतिको ब्राउजर प्रयोग गर्दा राम्रो हुन्छ । गुगल क्रोममा एड ब्लक एक्सटेन्सन प्रयोग गर्दा पनि वेबसाइटहरु छिटो खुल्ने हुन सक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६