close

फेसबुक लाइभ बढेपछि नयाँ फिचर थपिँदै

टेकपाना टेकपाना

चैत १६, २०७६ १२:३८

फेसबुक लाइभ बढेपछि नयाँ फिचर थपिँदै

काठमाडौं । कोरोना भाइरसको संक्रमणको त्रासका कारण मानिसहरु घरभित्रै बस्न थालेपछि फेसबुक लाइभको प्रयोगमा बृद्धि भएको छ । अमेरिकामा मात्रै फेसबुक लाइभको संख्या ५० प्रतिशतले बढेको कम्पनीले जनाएको छ ।

ट्राफिक बढी भएर सेवामा समस्या हुने भएपछि केही दिनमै फेसबुकले विश्वव्यापी रुपमा नयाँ फिचर सुरुवात गर्ने भएको छ । यो फिचरले फेसबुक प्रयोग नगर्नेहरुलाई लाइभको अडियो सुन्ने सुविधा दिनेछ ।

फेसबुक एपका प्रमुख फिड्जी सिमोलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरे अनुसार गैर फेसबुक प्रयोगकर्ताले पनि फेसबुक लाइभको अडियो सुन्न मिल्ने व्यवस्था फेसबुकले गर्ने भएको छ । यसको लागि फेसबुक अकाउन्ट समेत आवश्यक पर्ने छैन ।

यसका लागि लाइभ गर्ने प्रयोगकर्तालाई फेसबुकले अडियो मात्रै लाइभ गर्ने सुविधा पनि दिने भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६