close

प्रतिस्पर्धाभन्दा माथि उठेर सहकार्य गर्दै प्रविधि कम्पनी

टेकपाना टेकपाना

चैत १६, २०७६ २०:३

प्रतिस्पर्धाभन्दा माथि उठेर सहकार्य गर्दै प्रविधि कम्पनी

स्ल्याक र माइक्रोसफ्ट टिमबीच एकअर्कोमा कल गर्न मिल्ने फिचर बन्दै

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विश्वभरका मानिस यतिखेर घरभीत्रै बसेर काम गर्दैछन् । यस्तो अवस्थामा स्ल्याक र माइक्रोसफ्ट टिमजस्ता एप्लिकेसनहरु प्रयोगकर्ताको लागि निकै उपयोगी सावित भएका छन् ।

स्ल्याक र माइक्रोसफ्ट टिम दुवै एक अर्काका प्रतिस्पर्धी हुन् । दुवैले कम्पनीहरुलाई टाढा बसेर काम गर्ने कर्मचारीहरुको काम अनुगमन गर्ने सुविधा प्रदान गर्छन् ।

घरबाटै अफिसको काम गर्दा वा अफिसमा पनि धेरै मानिसहरुको कामको अनुगमन गर्नुपर्दा दुवै एप्लिकेसनहरु उपयोगी छन् । अब भने दुवै कम्पनी मिलेरै काम गर्ने भएका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुमा प्रकाशित समाचार अनुसार अबको केही समयमै माइक्रोसफ्ट टिम र स्ल्याकबीच एक अर्काका प्रयोगकर्तालाई कल गर्न मिल्ने सुविधा प्राप्त हुने छ ।

दुवै कम्पनीले आफ्ना अन्य केही फिचरहरुलाई पनि एकीकृत गर्ने योजना बनाइरहेका छन् । संसारका धेरै कम्पनीले यी फरक फरक सुविधा प्रयोग गरिरहेको र दुवैका प्रयोगकर्तालाई सहजता प्रदान गर्नको लागि संयुक्त रुपमा यस्तो सुविधा ल्याउन लागिएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१